१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाबाट निकालिए बाबुराम भट्टराई



वीरगञ्ज । डाक्टर बाबुराम भट्टराई जनता जसमाजवादी पार्टी (जसपा) बाट निकालिएका छन् । जसपाको संस्थापन पक्षले उनीसहित ९ जना कार्यकारिणी सदस्यलाई निकालेको हो ।
पदमुक्त गर्दै जसपाले उनीहरु पार्टीको नीति विपरित चलेको भन्दै यसो गरेको जनाएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ
साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् । बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *