२० मंसिर २०८२, शुक्रबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेंगु लागेर अछामका कोष तथा लेखा नियन्त्रकको मृत्यु 



अछाम । कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख जयकुमार चन्दको डेंगु लागेर मृत्यु भएकाे छ। ४९ वर्षीय चन्दको उपचारका क्रममा भारतको लखनाउमा मृत्यु भएको हो।
 
३१ भदौको रातिदेखि बिरामी परेका उनलाई भोलिपल्ट १ असोजमा नै डेंगु देखिएको थियो। जिल्ला अस्पताल अछाममा रगत परीक्षणका क्रममा डेंगु देखिएपछि चन्दलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर गल्ने समस्याले झन् असहज बनाएको थियो। 

जिल्ला अस्पताल अछामका सिनियर अनमी गंगा बुढामगरका अनुसार त्यो वेला उनलाई १०३ दशमलव ६ डिग्रीभन्दा धेरै ज्वरो थियो भने सुगर र प्रेसरसमेत असन्तुलित अवस्थामा रहेको थियो। 

दुई दिनसम्म जिल्लामै बसेर उपचार गरे पनि अवस्था झन्झन् जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि कार्यालयकै गाडीमा नेपालगन्ज लगिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल रामबहादुर माझीले बताए। 

उनका अनुसार चन्दलाई नेपालगन्जमा रहेको कान्ति अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नदेखिएपछि काठमाडौं लैजाने तयारी गरिए पनि अक्सिजनको लेबल निकै कम हुँदै गएकाले हवाईजहाजमार्फत यात्रा गर्न नमिल्ने देखिएकाले भारतको लखनाउ लगेर उपचार थालिएको थियो। 

लखनउमा उपचाररत चन्दको सुगरको मात्रा निकै बढेको र प्रेसर घटेपछि उनको मृत्यु भएको हो। सल्यान जिल्लाको बागचौर नगरपालिका– ८ का चन्द दुई वर्षअघि कोष तथा लेखा नियन्त्रक कार्यालय अछाममा कार्यालय प्रमुखका रूपमा हाजिर भएका थिए। 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : ३१ बजे

  • ...
    Реферальный бонус на binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *