२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीकाे भविष्यवाणी- एकीकृत समाजवादी पोहोर भदौमा जन्मियो, अर्कोमा सकिन्छ  



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको आयुबारे भविष्यवाणी गर्दै अर्को भदौसम्म अस्तित्व सकिएको अवस्थामा पुग्ने बताएका छन्।

राष्ट्रिय युवासंघको राष्ट्रिय प्रचार भेलालाई शुक्रबार सम्बोधन गर्दै ओलीले त्यस्तो भविष्यवाणी गरेका हुन्। 

‘नेकपा एस भन्ने पार्टी छ नि आजकाल, पोहोर भदौमा जन्मियो, यो भदौमा त्यसलाई बैंस आयो, अर्को भदौसम्म पुग्दै पुग्दैन,’ ओलीले भने, ‘एमाले वरपीपलजस्तै सयौँ वर्ष बाँच्छ, त्यो पार्टी तितेपाटी झारजस्तै हो, जन्मिनेबित्तिक्कै हल्किन्छ, तीन महिनामै मर्छ, आजभाेलि भुइँ खोस्रिन छाड्यो, लुसुलुसु हिँडिराख्या छ, मंसिर ४ पछि तपाईंहरूले हेर्नुहोला टोपी खोलेर गालामा हात लगाउने हालतमा पुग्नेछ।’ 

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको कुण्डली एमालेको हातमा रहेको भन्दै ओलीले अर्को भदौमा सकिने कुण्डली कोर्ने काममा देशव्यापी रूपमा सक्रिय भएर लाग्न निर्देशन पनि दिए। गठबन्धनमा रहेका सबै पार्टीलाई बुढो पार्टीका रूपमा चित्रित गर्दै ओलीले एमाले मात्र युवा पार्टी भएको दाबी पनि गरे। 

एक्लै चुनाव लड्न नसकेर अहिले कांग्रेसले गठबन्धन बनाएर नक्कली सहयात्रीहरूको सहारा लिइरहेको भन्दै ओलीले उसले छिट्टै धोका पाउने ठोकुवासमेत गरे । ‘बुढो कांग्रेसको ठ्याइँठ्याइँ धेरै भो, जुरो पोर,परार गइसक्यो, सिङ खुस्किसक्यो, नक्कली सहयात्री खोजेर हिँडेको छ, गन्तव्य कहाँ हो थाहा छैन, अलिपर पुगेपछि एउटा भेटिँदैन, फेरि अर्को भेटिँदैन, त्यसपछि बल्ल उसले सहयात्रीबारे थाहा पाउनेछ।’

गठबन्धनविरुद्ध आक्रमक प्रचारमा उत्रिन, भ्रमपूर्ण प्रचारको खण्डन गर्न निर्देशन दिँदै ओलीले मुद्दा लडेर सरकारमा पुग्नेहरूलाई जनताको तागतबाट सरकार बनाएर देखाउने चुनौती पार गर्ने गरी अगाडि बढ्न सुझाए। 

अर्को प्रसंगमा ओलीले पाँचदलीय गठबन्धन देशको रथ तान्न असफल भइसकेको दाबी पनि गरे। देशको रथ तान्दा गठबन्धनले अर्थतन्त्रको पांग्रा खुस्काएर देशलाई द्वन्द्वमा पुर्‍याएको पनि बताए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ०५ बजे

  • ...
    个人资料

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.

    ...
    abrir una cuenta en Binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    ...
    Открыть счет в binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    ...
    ^Inregistrare pe www.binance.com

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *