१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ बेपत्ता



जुम्ला  जुम्लाको कनकासुन्दरी गाउँपालिका -५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार पहिरोमा परी दुईजना बेपत्ता छन् भने दुईजनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी केसरीका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ । 

गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनरस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *