२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु

विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल



काठमाडौं ।  काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।

नेपालसहित अमेरिका, बंगलादेश, जापान, भारत, स्लोभानियाका लगायत १५ मुलुकका विज्ञहरु समेत सहभागि रहेको यो सम्मेलनको नारा ‘विकासोन्मुख मुलकहरूका लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने रहेको छ । सम्मेलनमा जिल्ला अस्पताल र नर्सिङ प्रमुख सहित ३ सय नेपाली विज्ञहरुको पनि सम्मेलनमा सहभागीता छ ।

शनिवार उद्धघाटन गरिएको सम्मेलन आइतबार सकिने छ । सम्मेलनको उद्धघाटन समारोहमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले नेपालमा मानव अंग प्रत्यारोपणको दिगोपनका लागि भइरहेको प्रगति बारे प्रस्तुती करण गरेका छन् ।

उनले हालसम्मको प्रगति, चुनौति र देखिएका जटिलता बारे सम्मेलनमा जानकारी गराएका छन् । बानेश्वर स्थीत एभरेष्ट होटलमा भइरहेको सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक डाक्टर दिपेन्द्ररमण सिंहले प्रत्यारोपणमा नेपाल सरकारले गर्दै आइरहेको सहयोग र आगामी सम्भावनाका बारेमा चर्चा गरेका थिए भने भारतको अपोलो अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर सन्दीप गुलेरिया र डाक्टर विवेक कुटेले कोरोनाको जोखिमका बेला मिर्गौला प्रत्यारोपणका बारे गरिएको अनुभव राखेका थिए ।

सम्मेलनमा बाल स्वास्थ्य तथा विकास राष्ट्रिय केन्द्र जापानका प्राध्यापक एम. कासाहाराले कलेजो प्रत्यारोपणका सम्बन्धको आफ्नो अनुभव बारे उल्लेख गरेका थिए ।

सम्मेलनमा नेपालका तर्फबाट १६ वटा र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु पत्र प्रस्तुत भइरहेका छन् ।

सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अंगदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात अंग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार सम्मेलनपछि हालसम्म प्रत्यारोपण बारे भइरहका प्रगतिले अझै गति पाउने विश्वास गरिएको छ भने हाल देखिएका समस्याको हल गर्नका लागि सरकार र सरोकारवाला निकायले विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ४५ बजे

  • ...
    melhor código de indicac~ao da binance

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    打开Binance账户

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *