काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुईजना घाइते भएका छन्। नौगाड– ६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको हो।
झडपमा परी गठबन्धन दलतर्फका नौगाड– ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका– ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए।
एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए। गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्।
घाइतेमध्ये जयभानसिंहको टाउकोमा चोट लागेको छ। उनको टाउकोको सिटिस्क्यानका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले बताइन्। चोट सामान्य भए पनि चेकअपका लागि रिफर गरिएको बताइएको छ।











प्रतिक्रिया
binance
Your article helped me a lot, is there any more related content? Thanks!