१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छैटौं संस्करणको साइनिङ्ग स्टार भलिबल चैत ९ देखि हुने

विजेतालाई १ लाख १ हजार, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउने



कैलाली । साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।

कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको साइनिङ्ग स्टार युवा क्लबले स्थापनाकालदेखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ । वडास्थित रामजानकी मन्दिरको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक क्लबले जनाएको छ ।

‘प्रतियोगिता नहुँदा सबैले किन भएन भनेर सोध्ने गर्थे । अब जसरी भएपनि गर्नुपर्छ भनेर हामी जुटेका छौँ, आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौँ’ अध्यक्ष जैसीले भने । उनले खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने बताए । स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । गतवर्ष विविध कारणले रोकिए पनि यसवर्षमा भने प्रतियोगितालाई पुनः निरन्तरता दिन लागिएको हो ।

‘बर्दगोरियाको पहिचान, युवा तथा खेलकुद विकासको अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा नेपाल प्रहरी र सेनासहितका विभागीय गरी २० टोलीको सहभागिता हुने आयोजकको अपेक्षा छ । प्रतियोगितामा सहभागी टोलीलाई समूह विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएको छ ।

कति पाउनेछन् विजेताले पुरस्कार ?

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, उपविजेताले ४५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले २९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष जैसीले जानकारी दिए ।

प्रतियोगितामा वेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, लिब्रो, वेष्ट प्लेयरलाई नगद पुरस्कार र अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने छ । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवर्द्धकमा हुने प्रतियोगिताको सह–प्रवर्द्धकमा ६ वटै वडा कार्यलयहरु छन् ।

त्यस्तै, विषेश सहयोगीमा मोहन्याल गाउँपालिका–१ मा रहेको कोपिला सामुदायिक वन उपभोक्ता समूह, बर्दगोरिया–३ स्थित दानुफाँटा नमूना र लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । त्यस्तै, सहप्रायोजकमा मोहन्याल गाउँपालिका–१ स्थित दानवीर सामुदायिक वन उपभोक्ता समूह रहेको छ ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहले दर्ता शुल्क रु ३ हजार ५ सय तिर्नुपर्ने छ भने खेल अवधिसम्म खेलाडीहरुले खान, बस्नको प्रबन्ध आफैले गर्नुपर्नेछ । प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५ लाख ३९ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

उक्त क्लबले २०७४ देखि हरेक वर्ष फागुपूर्णिमा होली पर्वका अवसरमा राष्ट्रिव्यापी खुल्ला भलिबल प्रतियोगिता गर्दै आएको छ । त्यसअघि रामजानकी मन्दिर संरक्षण समितिले पनि चौथो संस्करणसम्म भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *