३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले भने-माफी नमागेसम्म टिकट दिइँन्न



काठमाडौं । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्दा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा हुन थालेपछि आउँदो निर्वाचनमा टिकट दिने की नदिने भन्ने विषयमा चर्चा भइरहेको छ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा उठेको थियो ।

छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भने ,‘ १० बुँदे सहमति गरेकाहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ ।’

१० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरु ४ मंसिरमा हुने निर्वाचनका लागि आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस पनि भएका छन् । तर अध्यक्ष ओलीले पहिले नै पार्टीमा गम्भीर गल्ती गरेको हुनाले आउँदो चुनावमा उनीहरुलाई विना आत्माआलोचना टिकट दिन नहुने धारणा राख्दै आएका छन् ।

ती पदाधिकारीका अनुसार १० बुँदे सहमतिमार्फत् पार्टीमा रहेका नेताहरुले अध्यक्ष ओलीसँग मौखिक माफी मागे पनि उनीहरुले टिकट पाउने सम्भावना छ ।

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए । तीमध्ये १२ जना नेता १० बुँदे सहमति गरेर एमालेमै रहे भने बाँकीले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : ०४ बजे

  • ...
    个人资料

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *