१४ बैशाख २०८१, शुक्रबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज रातिबाटै मतगणना हुने



काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि अहिले भइरहेको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ ।

काठमाडौंका केहि स्थान र तराईका जिल्लाहरु राति ९/ १० बजेबाट नै मत गणना शुरु गर्न लागिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गर्ने तथा एक घण्टा छलफल गरेर आजै राति करिब ९ / १० बजेदेखि मतगणना कार्य प्रारम्भ जानकारी दिए ।

हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट नै मतगणना सुरु गर्ने बताए । निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए ।

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताए । उनले मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *