२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी



जुम्ला। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।

उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।

त्यसैगरी नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेमकिपाका डिल्लीप्रसाद काफ्ले ९ सय ५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ०६ बजे

  • ...
    създаване на профил в binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *