१७ माघ २०८२, शुक्रबार | Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मीले जनजीवन प्रभावित



परासी। हप्ता दिनदेखि बढेको अत्यधिक गर्मीका कारण नवलपरासीको जनजीवन प्रभावित बनेको छ। गर्मी बढेपछि जिल्लाका सामुदायिक र निजी विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ। 

जिल्लाका सबै पालिकाहरूका शिक्षा शाखाले सूचना निकालेर गर्मीका कारण विद्यालय बन्द गरिएको जनाएका छन्। केही पालिकाहरूले २३ गतेसम्म र केहीले २६ गतेसम्म विद्यालय बन्द गरेको जनाएका हुन्। 

आइतबार मात्र नवलपरासीको तापक्रम ४२ डिग्री पुगेको छ। गर्मीका कारण सडकमा गुड्ने सवारी साधनदेखि पैदलयात्रीको चहलपहलसमेत कम देखिएको छ। 

सडक सुनसान जस्तै बनेको छ। सरकारी कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति कम छ। गर्मीले सबैभन्दा बढी दैनिक गुजारा गरेर जीविकोपार्जन गर्ने मजदुरहरू समस्यामा परेका छन्। 

गर्मी बढ्दै गएपछि अन्य व्यापार व्यवसायमा चहलपहल नदेखिए पनि चिसो पेय पदार्थको व्यापार भने बढेको छ। अहिले उखुलगायतका जुस, खरबुजा, आइसक्रिमको व्यापार बढेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *