२२ भाद्र २०८१, शनिबार | Sep 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी



काठमाडौं । समाजवादी प्रेस संगठनको नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवार भूपराज खड्कालाई पराजित गरे । सुवेदीले १४७ र खड्काले ११९ मत पाए । खुला उपाध्यक्षमा नवराज छत्कुली निर्वाचित भए । महिला उपाध्यक्षमा अस्मिता गिरी, सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित भए । प्रदेशगत उपाध्यक्षमा ध्रुव रायमाझी, कृष्णराज गौतम, तीर्थ सिग्देल, सुभाष साह निर्विरोध भए । 

महासचिवमा रामकुमार एलन, उपमहासचिवमा प्रेम गौतम, लेखनाथ सिकारु र प्रतिज्ञा बुढामगर निर्वाचित भए । खुला सचिवमा अनिल शाही, शिवप्रसाद ढुंगाना र पूर्णबहादुर कार्की, महिला सचिवमा कान्ति न्यौपाने, दलित सचिवमा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भए ।

सदस्य पदमा निर्विरोध निर्वाचित भए पनि पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । सुवेदीले संगठनलाई श्रमजीवी पत्रकारहरूको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । विद्रोहको औचित्य स्थापित गर्ने गरी काम गर्ने उनले बताए । संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *