काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राजदूत सोङ प्रधानमन्त्री दाहाललाई भेट्न सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए। उनीहरूबीच करिब एक घन्टा छलफल भएको स्रोतले जनाएको छ।
उनीहरूबीच बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको थियो।
राजदूत छन् सोङले पछिल्लो समय नेपालमा गइरहेको बाढी पहिरोको विषयमा प्रधानमन्त्री दाहालसँग जानकारी लिएका थिए। उनले सम्भावित प्राकृति विपत्तिमा चीन सधैं साथ रहने प्रतिवद्धता जनाएका थिए।
भेटवार्तामा प्रधानमन्त्री दाहालको चीन भ्रमणका विषयमा पनि छलफल भएको थियो। मिति तय नभए पनि परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले भ्रमणको तयारी गरिररहेको स्रोतले जनाएको छ।











प्रतिक्रिया
Code of your destiny
I am extremely impressed along with your writing abilities as smartly as with the format to your blog. Is that this a paid theme or did you modify it yourself? Anyway keep up the excellent quality writing, it is uncommon to look a nice weblog like this one nowadays!