काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ। बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा दाहालको निधन भएको नर्भिक अस्पतालले जनाएको छ।
डा. युवराज शर्माले विज्ञप्ति जारी गर्दै ६९ वर्षीया दाहालको निधन भएको जनाएका छन्। स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको हो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्।
उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो।
यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।
दाहालको आजै अन्तिम संस्कार गरिने भएको छ।
बुधबार बिहान ८: ३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्। अहिले नर्भिक अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुक जानेक्रम जारी रहेको छ।











प्रतिक्रिया