१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वस्थ रहन बिहान कति वेला हिँड्ने ?



हिँड्दा स्वास्थ्य अवस्थामा सुधार आउँछ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि हिँड्नु लाभदायी छ । ‘शारीरिक अभ्यासका लागि हिँड्नु सबैभन्दा राम्रो काइदा हो । यसले अन्य कुनै अतिरिक्त दक्षता माग गर्दैन । यो सुरक्षित पनि छ,’ अमेरिकन काउन्सिल अन एक्सरसाइजकी अध्यक्ष तथा चिफ साइन्स अफिसर डा. सेडरिक ब्रायन्ट भन्छिन्, ‘यसका धेरै मानसिक फाइदा छन् ।’ 

तर, जाडोमा एकाबिहानै हिँड्दा प्रदूषणका कारण विभिन्न समस्या निम्तिने चिकित्सक बताउँछन् । एभरेस्ट अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. सरोज गौडेल आकाश खुलेपछि मात्रै हिँड्न थाल्नुपर्ने बताउँछन् । ‘जाडोमा बिहान सबेरै हिँड्न निस्कनु राम्रो हुँदैन । चिसो हावा वायुमण्डलको तल बस्छ र प्रदूषित हुन्छ । तुवाँलो लागिरहेको हुन्छ । प्रदूषण र चिसोको असर मुटुरोगी, छातीमा समस्या भएकाहरू, दमका रोगी, बाथका रोगीलगायत दीर्घरोगीलाई विशेष रूपमा पर्छ, त्यहीकारण घाम लागेर आकाश खुला भइसकेपछि अर्थात् जमिनमा घामको प्रकाश परेपछि हिँड्न थाल्नु राम्रो हुन्छ,’ उनले भने, ‘धुम्म परेको दिनमा बाहिर हिँड्न निस्कनुहुँदैन ।

यस्तो दिनमा घरभित्रै योगा, व्यायामलगायतका शारीरिक अभ्यास गर्न सकिन्छ ।’ धेरै अनुसन्धानले दैनिक केही समय हिँड्दा अल्पायुमै निधन हुने जोखिम कम भएर जाने औँल्याएका छन् । मायो क्लिनिकका अनुसार क्यान्सर, हृदयरोग, स्ट्रोक, मधुमेह, रक्तचापलगायत नियन्त्रणका लागि यसले सहयोग गर्छ ।

यसले मानिसको मुडमा सुधार ल्याउँछ । सुन्दर दिनमा बाहिर हिँड्न निस्कँदा सिर्जना क्षमता बढ्छ, मानिससँग भेटघाट हुन्छ र सामाजिक सम्बन्ध पनि राम्रो बन्दै जान्छ । मस्तिष्कमा रक्तसञ्चार राम्रो हुँदा तनाव कम हुने, स्मरण शक्ति बलियो हुने र समग्रमा मस्तिष्क सक्रिय रहने हुन्छ । 
हिँड्दा शरीरमा फ्याट कम हुन्छ र कोलेस्ट्रोल र ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर  जान्छ । क्यालोरी कट हुन्छ ।

ध्यान दिनुस् 
– बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । कतिपयको बिहान उठ्नासाथ स्मार्ट फोन चलाउने बानी हुन्छ । यो लत त्याग्नुस् । किनकि, सामाजिक सञ्जालमा आउने कतिपय नकारात्मक खबरले तपाईंको मुड अफ गरिदिन्छ र दिन बिगार्छ । नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ ।

– दौडिँदा प्रयोग गर्ने जुत्ता कम्फर्टेबल हुन जरुरी छ ।

– दौडनुअघि शरीरलाई दायाँबायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सनुहुँदैन । दौडन सुरु गर्नेबित्तिकै स्पिड बढाउनुहुँदैन । दौडन सुरु गरेको पाँच–सात मिनेटपछि मात्र गति बढाउनुपर्छ । 

– दौडने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडने वेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्दा राम्रो हुन्छ ।

प्रदूषण र चिसोको असरबाट बच्न…
जाडोमा बिहान सबेरै निस्कनु राम्रो हुँदैन । चिसो हावा वायुमण्डलको तल बस्छ र प्रदूषित हुन्छ । तुवाँलो लागिरहेको हुन्छ । प्रदूषण र चिसोको असर मुटुरोगी, छातीमा समस्या भएकाहरू, दमका रोगी, बाथका रोगीलगायत दीर्घरोगीलाई विशेष रूपमा पर्छ । स्वस्थ मानिसमा पनि यसले विभिन्न समस्या निम्त्याउँछ । त्यहीकारण, घाम लागेर आकाश खुला भइसकेपछि अर्थात् जमिनमा घामको प्रकाश परेपछि हिँड्न थाल्नु राम्रो हुन्छ । बिहानीको घाम भिटामिन ‘डी’को राम्रो स्रोत पनि हो । दिउँसो वा सूर्यास्तअघिको समयमा पनि हिँड्न सकिन्छ । तर, सूर्यास्तपछि फेरि चिसो र प्रदूषणको असर पर्ने भएकाले रातको समय हिँड्न निस्कनु राम्रो हुँदैन । त्यस्तै, धुम्म परेको दिनमा बाहिर हिँड्नुहुँदैन । यस्तो दिनमा घरभित्रै योगा, व्यायामलगायतका शारीरिक अभ्यास गर्न सकिन्छ । 

सुरुवातमा दैनिक कम्तीमा ३० मिनेट हिँड्नु राम्रो हुन्छ । मुख्य कुरा नियमित रूपमा हिँड्नु हो । त्यसपछि समयसीमालाई बढाएर एक घन्टासम्म पु¥याउन सकिन्छ । व्यस्त मानिसले पनि कम्तीमा हप्तामा एक सय ५० मिनेट हिँड्नु जरुरी छ । 

जाडोमा हावाको आर्द्रता कम हुन्छ र विभिन्न रोगका कीटाणु सुक्खा हावामा तैरिरहेका हुन सक्छन् । त्यहीकारण मास्क लगाएर हिँडनु राम्रो हुन्छ । न्यानो र कन्फर्टेबल कपडा लगाउनुपर्छ । 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ४ : ४५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *