१९ बैशाख २०८१, बुधबार | May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढीमा प्रअहरूसँग कार्यसम्पादन सम्झौता, दुई सय ३६ दिन विद्यालय सञ्चालन गर्नुपर्ने



अछाम । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अछामको बान्नीगढी जयगढ गाँउपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले गाँउपालिकाले यस्तो सम्झौता गरेको हो ।

संघिय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात् गरी गाँउपालिका क्षेत्र भित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ४३ बुँदामा सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर रावलले बताउनुभयो । गाँउपालिकाका अध्यक्ष टेकबहादुर साँउद, उपाध्यक्ष बिन्दु रावल र सम्बन्धित वडाका वडाध्यक्षहरूको रोहबरमा गाँउपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत रावल र विद्यालयका प्रध्यानाध्यापकहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिकसत्रभर दुई सय ३६ दिन विद्यालय सञ्चालनसहित शिक्षण सिकाई, परिक्षा र अतिरित्त क्रियाकलाप भएको सुनिश्चितता गराई विद्यालयको बार्षिक कार्यपात्रो अनुसार शिक्षक र अन्य कर्मचारी अनिवार्य रुपमा उपस्थीत हुनुपर्नेछ ।

यसैगरी सबै प्रध्यानाध्यापकले विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक गर्दा शैक्षिक गुणस्तर सम्बन्धी कार्ययोजना र रणनीति अनिवार्य रुपमा तयार गर्नुपर्नेछ । विद्यार्थीलाई किताब केन्द्रित सिकाइभन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलाप सञ्चालन, शिक्षक विद्यार्थी उपस्थीति दर, विषयगत र कक्षागत सिकाई उपलब्धी, कक्षा छोड्ने दर, कक्षामा विद्यार्थी दोहोरीने दर, उतीर्ण दर, अनुतीर्ण दर, शिक्षक विद्यार्थी अनुपात, भर्ना दर, कक्षागत छात्रछात्रा अनुपात र शिक्षकको लैंगिक अनुपात सूचक अध्यावधिक गर्नुपर्नेछ ।

करारनामा गर्ने प्रधानाध्यापकले आयव्याय, जिन्सी, छात्रबृति विवरण, पाठ्यपुस्तक खरिद र वितरण र नतिजासंग सम्बन्धित अभिलेख लगायत अन्य अभिलेखहरु पारदर्शी ढंगबाट व्यवस्थापन गरी सुरक्षित साथ राख्ने र शैक्षिक सत्रको अन्तमा त्यसको सम्पूर्ण विवरण गाँउपालिकाको शिक्षा शाखामा पेश गर्ने लगायतका विभिन्न ४३ बुदामा प्रतिवद्धता सहित सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रत्येक तीन महिनामा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायत सँग विद्यार्थीको नियमितता, सक्रियता, सहभागिता, कक्षाभित्र र बाहिरका समस्या लगायतका विषय सुधारका लागि प्रअहरूसँग गरिएको कार्यसम्पादन सम्झौताले सामुदायिक विद्यालयको गुणस्तरमा व्यापक सुधार हुने गाँउपालिका अध्यक्ष टेकबहादुर साँउदले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विद्यालयमा विद्यार्थीको पहुँच सुनिश्चिततासहित टिकाउदर बढाउनका लागि पनि सम्झौता गर्नु आवश्यक देखिएकाले यस्तो गरिएको बताउनुभयो । शिक्षाको सुधारका लागि गाँउपालिका प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष साँउदले शिक्षक, विद्यार्थी र अभिभावहरुको सल्लाहका आधारमा शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयहरुमा लगानी बढाएर हौसला प्रदान गरिने बताउनुभयो ।

सम्झौता गरिएका ४३ बुदा कार्यान्वयन तथा त्यसको प्रभावकारीताका लागि शिक्षक र विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता समेत निर्माण गर्नेगरी दोहोरो सम्झौता गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रावलले बताउनुभयो । उहाँका अनुसार सरोकारवालाहरु सँगको परामर्शपछि औपचारी छलफल गरेर शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरु सँग सम्झौता गरिएको हो । बान्नीगढी जयगढ गाँउपालिकामा १३ आधारभूत, दुई निमाबि र ६ वटा माबि विद्यालय छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ६ : १७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *