२६ बैशाख २०८१, बुधबार | May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा आधार शिविरमा विभागको फिल्ड कार्यालय स्थापना



काठमाडौं । वसन्त ऋतुको हिमाल आरोहणको नियमन तथा सहजीकरणका लागि सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको छ ।

विभागका अनसार फिल्ड कार्यालयको प्रमुखका रुपमा नापी विभागका उपसचिव खिमलाल गौतम तोकिएका छन् । केन्द्रमा भने सम्पर्क अधिकृतको खटनपटन तथा सबै गतिविधिको नियमन र सहजीकरण गर्न भने पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

सो समितिमा पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाली सेना, पर्यटक प्रहरी, हिमालयन उद्धार संघ, सगरमाथा आरोही संघलगायत निकायका प्रतिनिधि सदस्य रहेका छन् । यो समितिको सदस्य सचिव समेत गौतम तोकिएका छन् ।

सरकारले यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाएको छ । त्यसमध्ये कतिपय फिल्डमा पुगिसकेका छन् भने कतिपय अझै फिल्डमा पुग्न बाँकी छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ८ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *