इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार बिहान २२ जनाको गोली हानेर हत्या गरेको छ ।
सरकारी अधिकारीहरूका अनुसार सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा उक्त आक्रमण भएको हो ।
एएफपीका अनुसार मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।’
उनले पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको पनि बताएका छन् ।
मारिनेमा १९ जना पञ्जाबी र तीनजना बलोच सर्वसाधारण छन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले मृतकको संख्या पुष्टि गरेको एएफपीले उल्लेख गरेको छ । ‘यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकू जिम्मेवार रहेको देखिन्छ’ जेहरीले भनेका छन्, ‘बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो ।’
प्रतिक्रिया
o5g3yj
2f67ke
8lslm3
09dj7e