२९ चैत्र २०८१, शनिबार | Apr 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेसहितका प्रतिवादीको बयान आज पनि जारी रहने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभाका निलम्बित सांसद रबि लामिछानेलगायत प्रहरी थुनामा रहेकाहरुको बयान आज पनि जारी रहने भएको छ । उनीहरुविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दामा कास्की जिल्ला अदालतमा आज पनि बयान जारी रहने भएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरुको बयान मंगलबार पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार निलम्बित सांसद लामिछाने लगायतको हुने बताइएको छ । बयानपछि थुनछेक बहस हुनेछ । बयानका लागि सोमबार नै रविलाई अदालत लगिए पनि उनको पालो आएन । सम्पत्ति शुद्धिकरण मुद्दा अदालतमा दायर भएपछि उनी सोमबार साँझ सांसद पदबाट निलम्बित भएका छन् ।

थुनछेकको बहस सकिएपछि उनलाई पुपर्क्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने कास्की जिल्ला अदालतले आदेश दिनेछ । सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरिसकेको छ ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२ औँ दिनमा सरकारले आइतबार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जनाविरुद्ध पूरक अभियोग पत्र पनि दर्ता भएको छ । रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनीविरुद्ध सहकारी ठगी प्रकरणमा रुपन्देही, चितवन, काठमाडौं तथा पर्सामा पनि मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *