२९ मंसिर २०८२, आइतबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारिताका मूल्य, मान्यता र आचारसंहिताप्रति पूर्ण प्रतिबद्धता सहित अनलाइन सञ्चार माध्यममार्फत स्वतन्त्र, निश्पक्ष र व्यावसायिक सञ्चारकर्म लागि मुलढोका मिडिया प्रालिले सन् २०२२ मा ‘nepaliakshar.com’को शुरूवात गरेको हो ।

पत्रकारिताको प्राज्ञिक अध्ययन र लामो समय व्यावसायिक पृष्ठभूमिका सञ्चारकर्मीहरूको नेतृत्वमा स्थापित डिजिटल पत्रिका ‘nepaliakshar.com’ले प्रविधि विकासको उच्चतम उपयोग गर्दै सूचना र विचार प्रवाहमा नौला अनि परिष्कृत अभ्यासमार्फत पाठक, स्रोता र दर्शकको रुचि एवं आवश्यकताबोध सहितका सामग्री सम्प्रेषण गर्ने उद्देश्य लिएको छ ।

पत्रकारीता स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पूर्ण, सकारात्मक सोचको विकास गर्ने खालको र इमान्दार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

समुदायको एउटा हिस्साले सार्वजनिक सरोकारका सवालहरुमा सुचित हुन पाउने जनताको अधिकार जनताकै आवाज बोल्ने सञ्चारमाध्यमको खोजीका रुपमा हामीले यो अनलाइन सुरु गरेका हौं ।

देशको सर्वपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उचो राख्न, सरकारले लागू गरेका ऐन नियम, पत्रकार आचारसंहिता, निर्वाचनसम्बन्धी आचारसंहिता अनुकूल रही समुदायलाई निष्पक्ष, सत्य, स्वतन्त्र सूचना तथा जानकारी प्रस्तुत गर्ने उद्देश्यकासाथ सुचनाबाट बञ्चित रहेका समुदायलाई सहजै सुचना दिनेगरी डिजीटल पत्रकारीता मार्फत समुदायको हितमा कलम चलाउने, बोल्ने, चासो राख्ने र विशेष निगरानी गर्ने मुख्य योजना समेत हामीसँग छ ।

अन्त्यमा शान्ति, विकास र लोकतन्त्रका लागि प्रतिवद्ध यस अनलाइन मार्फत प्रकाशन हुने सबै समाचार तथा सूचना सत्यमा आधारीत हुनेछन भन्नेमा विस्वास दिलाउन चाहन्छौ । कोहीले भनेका र सुनेका भरमा तथा कल्पना गरेर सञ्चार सामग्री प्रकाशनमा ल्याउनु तथा आफ्नो निहित स्वार्थका लागि कुनै व्यक्ति, संस्था र निकायमाथि एकोहोरो व्यवहार प्रस्तुत गर्नु त्यो पत्रकार आचारसंहित विपरीत हुनजान्छ । त्यसकारण हामी सन्तुलित भएर समाजमा सकारात्मक सोचको विकास होस् भन्ने चाहन्छौ ।

हामी जसका बारेमा कुरा गछौँ उहाँहरूलाई सम्मान गर्छौ र हामी जोसँग कुरा गर्छाैँ उहाँहरूलाई पनि सम्मान गर्दछौ । यो यात्रामा सामाजिक रुपान्तरणका लागि तपाई र हामी सँगै हातेमालो गरेर अघि बढ्ने छौ । खोज, अध्ययन र अनुसन्धान गरेर समाचार सामग्री प्रकाशनमा ल्याउन यहाँहरु नै हाम्रो बलियो स्रोतका रुपमा रहनुहुनेछ । त्यसकारण आउनुहोस् सन्तुलित खबरकालागि हामीसँगै अघि बढौं ।