१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकमा कांग्रेसभन्दा एमाले करिब डेढ लाखले अगाडि



काठमाडौं। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको गणना पनि लगभग अन्तिम चरणमा पुगेको छ।

बुधबार बिहानको विवरणअनुसार समानुपातिक गणनामा नेकपा एमाले नेपाली कांग्रेसभन्दा करिब डेढ लाख मतले अघि छ।

एमाले २६ लाख ९४ हजार १२४ मतसहित अग्रस्थानमा रहँदा कांग्रेस २५ लाख ४८ हजार ७७८ मतले पछ्याइरहेको छ। एमाले र कांग्रेसबीच एक लाख ४५ हजार ३४६ को मतान्तर छ।

त्यस्तै, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५०३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत ल्याएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच लाख ७० हजार १०२ मत ल्याएको छ भने जनता समाजवादी पार्टीको तीन लाख ८८ हजार ४८२ ल्याएको छ। यस्तै जनमत पार्टीको तीन लाख ४६ हजार ९७० मत हुँदा नेकपा एकीकृत समाजवादीले दुई लाख ८१ हजार ३४८ मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४७ हजार ७०१ मत प्राप्त गरेको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : ३० बजे