जाजरकोट-राम्रो उत्पादन गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर देउती मकैको बिउ रोपेका भेरी नगरपालिका– २ का स्थानीयहरू मकैमा घोगा नलागेपछि मर्कामा परेका छन् । कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलाग्दा कृषकहरू पीडित भएको बताएका छन् । करिब २० लाखबराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा, तातोपानी र दारालगायका क्षेत्रका सहकारी, कृषक…