७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नार्ककै मकैको बिउमा घोगा नलागेपछि किसान मर्कामा 



जाजरकोट-राम्रो उत्पादन गरेर मनग्य आम्दानी गर्ने उद्देश्य लिएर देउती मकैको बिउ रोपेका भेरी नगरपालिका– २ का स्थानीयहरू मकैमा घोगा नलागेपछि  मर्कामा परेका छन् । कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलाग्दा कृषकहरू पीडित भएको बताएका छन् ।

करिब २० लाखबराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा, तातोपानी र दारालगायका क्षेत्रका सहकारी, कृषक समूहले लगाएको मकैमा घोेगा नलाग्दा मकैको बोट फाँडेर पशुचौपायालाई खुवाएको कृषक विर्खबहादुर कार्कीले बताए ।

ad

मकैको ब्लक क्षेत्रमा वितरण २० लाख रकममध्ये समूहलाई तीन लाख ५० हजारका दरले, व्यक्तिगत फर्मलाई रु. ५० हजार र सहकारीलाई ६ लाखका दरले कृषि विकास कार्यालयले बजेट सहयोग गरेको थियो । उक्त बजेटमा कृषक समूह, सहकारीले समेत बजेटमा ५० प्रतिशत आफ्नोतर्फबाट रकम जम्मा गरेका थिए ।

मकैको मूल बिउ दैलेखबाट ल्याएको र उन्नत  बिउ रेडपान्डा सहकारी संस्था भेरी– २ तिलिङगेबाट ल्याएको कार्कीले बताए ।  मूल बिउ १०० किलो, उन्नत बिउ पाँच सय २० किलो खरिद गरेर ८५ जना कृषकलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरेको कार्कीले बताए ।  

अनुदान रकम पाएर उन्नत बिउ र मूल बिउको नाममा लगाएका अधिकांश अन्य ठाउँमा समेत यही समस्या आएको बताइएको छ । बिउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए । मकैमा घोगा नलागेको सूचना आफूसम्म पनि पुगेकाले त्यसको विषयमा थप अनुगमन हुने उनले बताए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *