१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीयले उभिएर हेरीरहे प्रहरीले झाडु लगाए



अछाम । जिल्ला सदरमुकाम मंगलसेन बजारमा सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा शनिवार बजार क्षेत्र र दरबार वरीपरी सरसफाई गरिएको हो । 
वडा नम्बर ५ का वडाध्यक्ष झंकरप्रसाद भाट सहितका मंगलसेनका अगुवा तथा समाजसेवी र स्थानीयको सहभागिता रहेको सरसफाई अभियानमा प्रहरी निरीक्षक डम्मरदत्त भट्टले सफाई कार्यक्रमको नेतृत्व गर्नुभएको थियो । 
सहभागिहरुले मंगलसेन दरबारको वरीपरी रहेका कुहिने नकुहिने दुबै किसिमका फोहोर तथा टुक्रा परेका सिसाहरुलाई व्यवस्थापन गरेका छन् भने मन्दिर क्षेत्रको पनि सफाई गरिएको छ । बजारभित्रका सडकमा झाडु लगाएर फोहोर पन्छ्याइएको छ भने सडकका दुबै किनारमा भेटिएका फोहोर उठाएर ब्यवस्थापन गरिएको छ । 
सरसफाईमा फोहोर उठाउने, झाडु लगाउने र सिसाका टुक्रा उठाउनेमा अधिकांस जिल्ला प्रहरी कार्यालय र मंगलसेन प्रहरी चौकिका प्रहरी जवानहरुको सक्रियता रहेको थियो । बजारक्षेत्रका व्यापारी तथा स्थानीयको भने खासै उपस्थीति रहेको थिएन् । सिमित मात्रामा सहभागि रहेका ब्यापारी तथा स्थानीयले पनि सरसफाइमा सहयोग गरेका थिए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *