कास्कीको रुपाकोट पृथ्वी राजमार्गको गगनगौडावाट २ घण्टा जति हिडेपछि हाम्रो घर भएको ठाउँमा पुगिन्थ्यो । आधा घण्टा जति सम्म बाटो र एक देखी डेढ घण्टा जति उकालो सम्म यस्तै हिडेपछि घर पुगिन्छ ।
हाम्रो बेसी र गाउँ भएको कारण बुवा आमा एक घण्टामा नै उकालो ओरालो गर्नु हुन्थ्यो भने हामी भुराहरुलाइ डेढ घण्टा जति लाग्थ्यो । प्राय जसो घरमा बाहीरका मानिस आउने भनेको मामाहरु, फुपाजुहरु मात्रै हुनुहुन्थो तर आजकल (२०३७ सालतिर) नचिनेका नाता पनि नपर्ने पहिला कहिल्यै नदेखेका मिठो बोल्ने माया गर्ने र नयाँ कुरा गर्ने धेरै जना आउन थाल्नु भयो । हामी भुराहरुलाइ को हुन किन आका होलान जस्तो लाग्थ्यो ।
एकदिन विहान हामी उठेर पिडीमा बसेका थियौ उज्यालो भएर विहानको घाम लागेको थियो दुईजना मध्ये एकजना ढाका टोपी र सेतो सर्ट खैरो पाइन्ट (जहाँसम्म अहिले याद छ र अर्को कस्तो हुनुहुन्थ्यो नाम के हो याद भएन) हसिलो व्यक्ति नजिकै आउनु भयो नाम के हो भनेर सोध्नु भयो मैले नाम भने मसँग हात मिलाउनु भयो र मेरो नाम लाल ध्वज भन्नु भयो नाम पनि अचम्म लाग्यो त्यस्तो नाम सुनेको थिएन । मिठो लवजमा बाबु कतिमा पढछौ भन्नु भयो ।
मैले तीन कक्षामा भने र वहाँले राम्रोसँग पढ्नु धेरै पढनु पर्दछ देशको सेवा गर्नु पर्दछ भन्नु भयो फेरी हात मिलाउनु भयो र हिड्नु भयो । बुबाले धेरै पढेर वहाँहरु जस्तै हुनु पर्दछ भन्नु भयो । वहाँहरु दुईजना हिड्नु भयो अरु दुइजना घरभित्र जानु भयो । पछि बुवाले वहाँको घर वेग्नास हो मामवली वाको घर नजिकै नाम खगराज हो भन्नु भयो ।
महामानव विपि कोइरालाका सपना साकार पार्नुछ, जननेता पुष्पलाल र मदन भण्डारीको सपना साकार पार्नुछ
वहाँ किन आउनु भएको थियो त्यति वेला थाहा भएन तर केही समय पछि थाहा भयो वहाँ कमरेड हुनु हुदो रहेछ । विद्यार्थी नेता हुनुहुदो रहेछ । अहिले यसो सोच्दा अचम्म लाग्छ २०१८ सालमा जन्मेर एस एलसिमा प्रथम श्रेणीमा पास गरेर पोखरामा साइन्स पढी रहेको मान्छे आफनो करियर र भविष्य नसोची १९ वर्षकै उमेरमा गाउँ गाउँमा संगठन विस्तार गर्न लोकतन्त्र ल्याउन पर्दछ भन्दै पढाइ छोडेर हिडन के कुराले अभिप्रेरित गर्यो होला ।
त्यो त मैले चिनेको, देखेको बेलामा भयो त्यो भन्दा अगाडी देखीनै त्यो पार्टीमा त्यसरी लाग्न के कुराले अभिप्रेरित गरेको होला आज पनि संझिदा अचम्म लाग्दछ । कास्कीमा अकलझुकल भेट हुन्थ्यो वहाँले पृथ्वीनारायण क्याम्पसमा गरेका भाषणहरुको चर्चा हुन्थ्यो र वहाँको कुरा सुन्दा पनि एक प्रकारको प्रेरणा र उर्जा प्राप्त हुन्थ्यो ।
२०४० सालमा हाम्रो परिवार पर्सा बसाइ सर्यो २, ३ वर्ष हामी कम्युनिष्ट पार्टीसँग सम्पर्क विहिन जस्तै भयौ तर बुबा आमाले स्थानीय कम्युनिष्टहरुसँग सम्वन्ध विस्तार गर्नु भएको थियो । एक दिन कमरेड खगराज अधिकारी बिरगञ्ज जेलमा हुनुहुन्छ भन्न कुरा जानाकारी भए पछि बुबाले मलाइ बीरगञ्ज जेलमा गएर बुझेर आउन भन्नु भयो ।
असक्षम नेतृत्वको कारण विकास बजेट ५० प्रतिशत पनि खर्च हुन सकेको छैन कसरी देश विकास हुन्छ ?
म कक्षा ८ मा पढ्दथे घरभएको ठाउँ रंगपुर टाँडीबाट साईकल चलाएर २ घण्टामा बीरगञ्ज पुगिन्थ्यो र म खाना खाएर बीरगञ्ज गए र बुबाले भने अनुसार ४,५ वटा पत्रिका किने, आधा किलो स्याउ र आधा किलो सुन्तला किनेर जेलमा गए । त्यो जेलमा पुलिसको असई चिनेको हुनु हुदो रहेछ ।
वहाँलाई देखेपछि वहाँले कसलाइ भेटन आको भन्नु भयो मैले खगराज अधिकारी भनेको राजवन्दी भन्नु भयो मैले वहाँ हाम्रो पहाड पोखरा तिरको हो त्यही भएर भेटन आको भने सजिलै वोलाइ दिनु भयो । त्यहाँ कमरेड गणेश तिमिल्सीना पनि हुनु हुदो रहेछ । दुबै जना जेलको ढोकाको भित्र आउनु भयो ।
मैले नमस्कार गरे रुपाकोट कर्णको छोरा भने वहाँले बुवालाइ संझिनु भयो अनि मलाइ पनि संझिनु भयो एक एक गरेर बुबा, आमा, दिदी, भाई सबैलाई सोध्नु भयो । पढाई कस्तो छ भनेर सोध्नु भयो । गणेश तिमिल्सीनासँग चिनजान गराएर बुबाको कुरा गर्नु भयो एकजना आले भन्ने पुलिस नजिकै थिए वहाँले त्यी आले दाइलाइ एकदम माया गर्नु हुदो रहेछ ।
असईलाई पनि चिनेको र डिउटीमा भएका आलेसँग सम्वन्ध राम्रो भएको कारणले होला करिव डेढ घण्टा जति कुरा गरियो । हामी बसाई आएको ठाउँ त्यहाँको समाज, स्कुल पढाई खेतीपाती सबै कुराहरु सोध्नु भयो । बुबाको चिठी खोलेर पहिला पुलिसलाई देखाउनु पर्दोरहेछ । मलाइ आले दाइले स्टिच खोल्न लगाए र नहेरी दिन दिए । फलफुल पनि हेरे जस्तो गरेर दिए ।
जेलमा वहाँहरुको लागि नियमित पत्रिका आउदो रहेछ तर त्यतिवेला २, ३ दिन देखी पत्रिका नगएको रहेछ मैले लगेको निकै राम्रो भएछ । त्यसपछि त्यहाँ नजाने पत्रिका मात्रै किनेर लैजाने गरे । म त्यो जेलमा ५पटक जति भेटन गए त्यसपछि वहाँसँग भेट भएन तर वहाँका बारेमा कलिहे पत्रिका कहिले रेडियो कहिले पहाडवाट आफन्तहरु पर्सा आउदा वा कहिले पहाड जादा सुन्न पाइन्थ्यो प्रत्येक पटक सकारात्मक र प्रेरणादायी कुराहरु मात्रै सुन्न पाईन्थ्यो ।
बहुदल आएपछि वहाँले गर्ने धाराप्रवाह भाषणको निकै प्रसंसा हुन्थ्यो र हामी त्यतिवेलका विद्यार्थी नेता कार्यकर्ताहरुको लागि उत्प्रेरणा हुन्थ्यो । २०५६ सालमा पार्टी फुटेको बेलामा ठुली आमा वितेको बेलामा भेटहुदा घर पर्सा हो भन्ने वित्तिकै यिनले मलाइ जेलमा पत्रिका लिएर भेटन आउथे भनेर संझिनु भयो ।
त्यसको केही वर्ष पछि काठमाण्डौको सि डब्लु रेष्टुरेन्टमा राष्ट्रिय युवासँघको कार्यक्रममा केपी वली प्रमुख अतिथि हुनु हुन्थ्यो म सकारात्मक युवा नेतृत्व सम्वन्धि विषयमा प्रशिक्षण गर्न जादा एउटै मञ्चमा भेट भइयो । त्यहाँ पनि वहाँले मलाइ र सबैलाइ उत्प्रेरित गर्ने कुरा गर्नु भयो र युवाहरुले कसरी सामाजिक रुपान्तरणमा योगदान दिन सक्दछन र युवाहरु क्ति अध्ययनशिल र जिम्मेवार हुन पर्दछ भन्नु भयो ।
त्यसपछि भने सम्पर्क अलि वढेर गयो र फोनमा पनि कहिले काही कुरा हुन्थ्यो । वहाँ स्वास्थ्य मन्त्रि हुँदा म सामुदायिक रेडियो प्रसारक संघमा कार्यकारी निर्देशक थिए र मेरो कार्यालयले गरेको गोष्ठिमा मुख्य अतिथि भएर आउदा केही बिचारहरु समेत आदान प्रदान भए । वहाँ संसद हुदा होस वा मन्त्रि हुदा वा निर्वाचन हारेर वा निर्वाचनमा भाग नलिई पद विहिन भएर वसेको बेलामा होस कुनै बेला पनि आज सम्म आर्थिक, सामाजिक वा राजनीतिक बिबादमा भएको थाहा पाएको छैन ।
एउटा कम्युनिष्ट नेतामा हुन पर्ने राजनीतिक दक्षता, समाजिक सम्वन्ध र ब्यक्तिगत आचरणमा निकै उत्कृष्ट रहेको पाउछु र त्यही कारणले नै मेरो वहाप्रति श्रद्धा रहकोछ । २०७५ माघमा पोखरा महानगरपालिकाको शहरी योजना आयोगको उपाध्यक्षमा मेरो नाम चर्चा चलेछ र वहाँले त्यक्तिको मान्छे पोखरा आएर बसे त राम्रै हुने हो तर आउन के गर्छ भन्नु भएछ । पछि म पोखरा जाने भए पछि मैले फोन गर्दा वहाँले निकै प्रसन्नता ब्यक्त गर्नु भयो ।
मैले म माक्र्सवाद, शान्ति, सामुदायिक विकास र प्रसंसनीय खोजको अभ्यासकर्ता भएको कारण जनताको बहुदलिय जनवादको व्यवहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्ने एउटा सोच बनाएको छु पोखराको योजनामा जनताको बहुदलिय जनवादको प्रयोग गरेर समाजवादको आधार तयार गर्ने गरी काम गर्न मन छ भनेर भनेको वहाँ निकै खुशी हुनु भयो र धेरै समय देखी आफुले पनि सोचेको कुरा आयो भनेर भन्नु भयो ।
वहाँको कुरा सुनेपछि हामीले संयुक्त रुपमा एउटा अवधारणा तयार गर्यौ । अवधारणाको राजनीतिक पक्ष वहाँले हेर्नु भयो भने विकास र त्यससँगको प्राविधीक पक्ष मैले तयार गरे ।
हामीले स्थानीय स्तरमा नागरीकहरुलाइ सँगठीत गरी संगठन निर्माण, पूँजी निर्माण, प्रविधी विस्तार, उत्पादन वृद्धि, जनताको नियन्त्रणमा स्थानीय बजार, शिक्षा र स्वास्थ्यमा आमुल रुपान्तरण, उच्च राजनीतिक सँस्कार र राजनीतिले बिकासको नेतृत्व गर्ने जस्ता अवधारणा अगाडी सार्यौ र मैले महानगरपालिकाको कार्यपालिका बैठकमा त्यो अवधारणा प्रस्तुत गर्दा काँग्रेस र कम्युनिष्ठहरु सबैको साझा सहमतीमा त्यो अवधारणा पारित गरियो र त्यही अनुसारको बजेट नीति तथा कार्यक्रमहरु ल्याउने र आवश्यक कानुनहरु प्नि निर्माण गर्ने भन्ने सहमती भयो ।
त्यो अवधारणा अनुसार पोखरा महानगरपालिका र नगरबासीको संयुक्त लगानीमा बिकास बैकको स्थापना गर्ने र बैकमा शेयर हाल्न नसक्ने गरिव परिवारका लागि महानगरले अनुदान दिएर शेयर सुनिश्चित गर्ने र प्रत्येक घरधुरी एक शेयर सुनिश्चित गर्ने कार्यक्रम थियो । त्यसै गरी महानगरपालिकाको आफनै निर्माण कम्पनी स्थापना गर्ने र प्रत्येक परिवारको एक शेयर अनिवार्य हुने र यसमा पनि गरिव परिवारलाइ अनुदानको व्यवस्था गर्ने र प्रत्येक परिवारलाइ निर्माण कम्पनि र बैकको मालिक बनाउने हाम्रो चाहना थियो ।
गुणस्तरहिन र विश्वासहिन निजी अस्पताल जान पर्दैन । तापइको जमिन बाँझो रहदैन
अव्यवस्थित वस्ति (सुकुम्वासी वस्ती)लाइ सुविधा सम्पन्न वस्ती निर्माण गरी बैकको शेयर, निर्माण कम्पनीको शेयर र एक घर एक रोजगार सुनिश्चित गर्ने कार्यक्रम थियो । ३३ वडामा नै एक एक उद्यम सञ्चालन गर्ने कार्यक्रम थियो । यसरी कार्यक्रम गर्दा कतिपय नीति गत र कानुनी अडचन थिए । नीतिगत र कानुनी अडचन फुकाउने वहाँले संसदमा कुरा उठाउने सहमती भयो । यसै अनुसार स्थानीय सरकारलाइ यो अधिकार दिन पर्दछ भनेर माननीयले निरन्तरमा संसदमा आवज उठाउनु भयो र वहाँका भनाई संसदको रेकर्डमा सुरक्षित छन ।
हामीले पोखरालाइ एशियाको शैक्षिक हव वनाउन हाम्रो शिक्षालाइ कसरी रिमोडलीग गर्न सकिन्छ भन्ने वारेमा कुरा गरेका छौ र आज कमरेड खगराज अधिकारी कास्की र गण्डकीको दू्रत आमुल रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने वारेमा जानकार हुनु हुन्छ ।
निकै धेरै सपना बोकरे शहरी योजना आयोगको उपाध्यक्ष भएर म पोखरा गएको थिए तर सम्वन्धित नेतृत्वको दृढ ईच्छा शक्ति महानगरपालिकाको सँगठानीक संरचना, अपुरो स्थानीय सरकार सञ्चालन ऐन, राजनीतिक नेताहरुको कमजोर बुझाई, कर्मचारीहरुमा जोखिम लिन नचाहने प्रचलन आदी कारणले गर्दा हामी जस्तो कार्यकारी अधिकार नभएका मानिसहरुले जति नै नयाँ कुरा ल्याउन खोजे पनि सबै घाममा सुक्दा रहेछन ।
आफ्नै माटोमा सम्मानित जीवन बाँच्नु छ त्यसकारण एक भोट खगराज अधिकारीलाइ दिऔ वहाँलाइ जिताऔ र गण्डकी सरकारको नेतृत्व गर्ने आधार तयार गरौ
बिकासको दृष्टिकोणले भन्ने हो भने पोखरा र सिंगो गण्डकी यदि नेतृत्वले चाह्रयो भने आगामी ५ वर्षमा संसारको विकसित स्थान जस्तौ वरावरको गुणस्तरीय जीवन शैली बनाउन सक्ने गरि विकास गर्न सकिन्छ । नेपालका सबै भोटरले बुझौ विकास साधन र श्रोत नभएर नभएको होइन । सक्षम, योग्य र इमान्दार नेतृत्व नभएर नभएको हो । संघ र प्रदेस र अधिकाँश पालिकामा हेर्नुहोस असक्षम नेतृत्वको कारण विकास बजेट ५० प्रतिशत पनि खर्च हुन सकेको छैन कसरी देश विकास हुन्छ ? श्रोत जुटाउने र बढाउने कुरामा त प्रवेश नै गरेका छैनौ ।
अहिले तपाई हाम्रा सामु अवसर आएको छ यदि तपाइ हामीले एक भोट एक जना योग्य र सक्षम उमेदवारलाइ दिन सक्यौ भने तपाइ हाम्रा छोरा छोरीहरुले साउदी र मलेशीयामा कुल्ली काम गर्न पर्दैन । भारतवाट ल्याएको विष हालेको तरकारी खान पर्दैन । गुणस्तरहिन र विश्वासहिन निजी अस्पताल जान पर्दैन । तापइको जमिन बाँझो रहदैन । घर वसी बसी आय आर्जनको अवसर सिर्जना हुन सक्दछ । हेर्नुहोस हामी सबैले लडेर एकदलियको विरुद्ध वहुदल ल्याएका हौ । त्यसकारण कोही काँग्रेस, कोही एमाले, कोही समाजवादी, कोही माओवादी कोही राप्रपा हुनु स्वभाविक हो र हुन पनि पर्दछ ।
यदि भएनौ भने यो व्यवस्था नै धरापमा पर्दछ तर हामी अहिले निर्माणको चरणमा छौ हामी जुन पार्टीको भए पनि हाम्रो ठाउँको विकासको लागि हामीलाइ सक्षम नेतृत्व चाहिएको छ ।
हाम्रै खेत, वारी र गह्राहरुमा समृद्धि खोज्नु छ
एकछिन विचार गरौ त यदि मलेशीयामा महाथिर नभएको भए, चिनलाइ देंग सियायो पिंगले नहाँकेको भए, सिंगापुरमा लिक्वान यु नभएको भए के ति ठाउँ यति छोटो समयमा यति धेरै विकसित हुन सक्दथे ? कदापी हुदैनथे । सरकार, संसद, नेता, श्रोत र साधन त लाइवेरीयामा पनि छ, इथोपियमा पनि छ नेपालमा पनि छन तर यी करिब असफल देशका रुपमा चिनिन्छन । एक सक्षम नेता भयो भने वगरलाई सिंगापुर बनाउदा रहेछन ।
आज गण्डकीलाइ छोटो समयमा धेरै विकास गर्नुछ । महामानव विपि कोइरालाका सपना साकार पार्नुछ, जननेता पुष्पलाल र मदन भण्डारीको सपना साकार पार्नुछ, लौह पुरुष गणेशमान सिहं, कृष्ण प्रसाद भट्टराइ, सादगी र ईमान्दारीताका प्रतिमुर्ति श्रेद्धय शुशिल कोइरालाको त्यागको कदर गर्नु छ, जनयुद्ध र जनक्रान्तिका शहिदहरुको बलिदानको सम्मान गर्नुछ । शदियौ देखीको विभेदलाइ समानतामा ल्याउनुछ ।
हाम्रै खेत, वारी र गह्राहरुमा समृद्धि खोज्नु छ । आफ्नै माटोमा सम्मानित जीवन बाँच्नु छ त्यसकारण एक भोट खगराज अधिकारीलाइ दिऔ वहाँलाइ जिताऔ र गण्डकी सरकारको नेतृत्व गर्ने आधार तयार गरौ र उच्च राजनीतिक सँस्कार सहितको विकास प्रति सरकार निर्माण गर्न यो निर्वाचनलाई सर्मपण गरौ । सबैलाई महानिर्वाचनको शुभकामना ।
(यो लेखका लेखक डा आर सि लामिछाने शहरी योजना आयोग पोखरा महानगरपालिकाका भुपु उपाध्यक्ष हुन्)
प्रतिक्रिया