११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् बारे जनचेतना जगाउँदै गोरख बक्स गण



अछाम । गोरख बक्स गण मंगलसेन ब्यारेक अछामले जनचेतना फैलाउन आगलागी सम्बन्धि कृत्रिम घटना अभ्यास सुरु गरेको छ । सेनाले जिल्लाको ढकारी गाउँपालिका बाट यो अभ्यास सुरु गरेको हो ।

गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीका अनुसार आगलागीका घटना न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ अछामका दशवटै स्थानीय तहमा सञ्चालन गर्ने लक्ष्यका साथ ढकारीको बुडासैनमा पहिलो कार्यक्रमका रुपमा कृत्रिम घटना अभ्यास गरिएको छ ।

कृत्रिम अभ्यास नेपाली सेनाको अग्नि नियन्त्रण समूहका ४५ जना बढी दक्ष जनशक्तिको सहभागितामा गरिएको थियो । ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँदको अध्यक्षता तथा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरको प्रमुख आथित्यतामा भएको कृत्रिम अभ्यास कार्यक्रमका लागि बनाइएको कृत्रिम गाउँको चिया पसलबाट सल्कीएर बस्ती पसेको आगो नियन्त्रण गरेर सेनाले सर्वसाधारणहरुलाई आगलागी रोकथामका उपाय सिकाएको थियो ।

जसमा बाँस, खर र अन्य झारपात प्रयोग गरेर बनाइएका घरहरुमा आगो लाग्दा सुरुमा स्थानीयले देखाएको सक्रियता र सेना पुगेर आगो नियन्त्रणमा लिई घाइतेको उद्दार तथा उपचार गरेको दृष्य देखाइएको थियो ।

गोरख बक्स गणका मेजर अमृत खड्काको नेतृत्वमा गाउँपालिकाका जनप्रतिनिधि र सर्वसाधारणलाई बिपद् जोखिम न्यूनीकरण बारे गणका जमदार रमेश कुवँर, अमलदार प्रेम देवकोटा र बुद्धी भण्डारीले प्रशिक्षण दिए पश्चात गरिएको कृत्रिम घटना अभ्यासले समुदायका मानिसहरु सचेत बनेको भन्दै गाउँपालिका अध्यक्ष साउँदले नेपाली सेनलाई धन्यवाद दिए । यसले अब यो सिजनमा हुने हावाहुरी र आगलागीबाट कसरी सचेत रहने भन्ने बारे ज्ञान मिलेको उनले बताए ।

बदलिदों मौसमका कारण फैलिने आगोबाट झन ठूलो नोक्सानी हुन सक्ने जोखिम रहेकाले विपद पूर्व तयारी अनुरुप समुदायका सर्वसाधारणलाई जनचेतना पुगोस् भनेर गरिएको यो अभ्यासले जोखिम घटनाउने विस्वास लिइएको छ ।

कार्यक्रममा आगजनीका कारण र समाधानका उपायबारे प्रयोगात्मक जानकारी गराएको थियो । कृत्रिम आगजनी गराएर निभाउने अभ्यास गरेको देखेर स्थानीय महिलाहरुले बढी चासोका साथ अवलोकन गरेको देखिन्थ्यो ।

सोही अवसरमा गाउँपालिका र सहास नेपालले कृषि मेला प्रदर्शनी समेत गरेका थिए । जहाँ उत्कृष्ट किसानलाई सम्मान गरिनुका साथै किसानका उत्पादहरु समेत प्रदर्शनमा राखिएको थियो । सहास नेपालले गाउँपालिकालाई विपद् उद्दारका सामग्री समेत हस्तान्त्रण गरेको परियोजना अधिकृत अस्मिता घिमिरेले बताइन् ।

गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेबी शाहीको स्वागत मन्तब्यबाट सुरु भएको कृतिम अभ्यास तथा कृषि प्रदर्शनीमा गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारी, नेपाली कांग्रेसका महासमिति सदस्य बलबहादुर कुवँर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकन्द्र बहादुर बोगटी, जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा उमेश सिंह बिष्ट, कांग्रेसका हरी बुढा, नेकपा एमालेका टोप बहादुर शाही, नेकपा एकीकृत समाजवादीका देबेन्द्र बहादुर बुढा, तरुण दल केन्द्रीय सदस्य कुबेर साउँद, प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, शिक्षक महासंघ ढकारीका अध्यक्ष शेरबहादुर बुड्थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १२ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *