अधिकांस मान्छे आफ्नो जीवन असफल भएको महसुस गर्दै आएका छन् । व्यक्तिको जीवन मात्र होइन् संस्था, समाज, देश वा सिंगो विश्वका हरेक निकाय सफलताको उकालो पार गर्न मुस्किल मानिरहेका छन् ।
तर यहीँ संसारमा त्यस्ता केहि विधि छन् जसले सकारात्मक रुपान्तरण ल्याउन सम्भव देखिन्छ । त्यसो भए त्यसको खोज गर्ने बैज्ञानीक विधि के हो त ?
प्रस्तुत छ यसै विषयमा नेपाली अक्षरले ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्स (ईरिप्स) का प्रमुख कार्यकारी अधिकृत डा. आर सि लामिछाने संग गरेको कुराकानीको सम्पादित अंश
तपाइको पारिवारीक पृष्टभुमि कस्तो हो ? के कति कारणले तपाइले विद्यावारीधि सम्मको अध्ययन गर्न सक्नु भयो ?
मेरो परिवार एउटा निम्न मध्यम बर्गिय कृषक परिवार हो । हाम्रो परिवारको जीवन यापनको मुख्य श्रोत कृषि थियो । हजुरवा, बुवा, आमा सबै खेतीपातीमा नै व्यस्त हुनुहुन्थ्यो तर चेतनाको हिसावले चेतनशिल परिवार हो । २०३८ सालमा हजुरवुवाको देहवासन भयो ।
गाउँकै बासिन्दा भए पनि हाम्रो घरमा छुवाछुत, विभेद जस्ता कुराहरु थिएन । वुवा र आमाको संयुक्त प्रयासमा नै घरका सबै कुराहरु हुन्थे । छोराछोरी विच समान व्यवहार हुन्थ्यो । हामी कास्कीमा जन्मे हुर्केका हौ र २०४० सालमा बसाई सरेर पर्साको रंगुरमा गयौँ ।
हाम्रो सामाजिकिकरण तराई र पहाड दुबै ठाउँमा भएकोले दुबै समाजको वारेमा जानाकारी गर्ने अवसर प्राप्त भयो ।
मेरा वुवा आमा राजनीतिक रुपले सचेत हुनुहुन्थ्यो र छोरा छोरीहरुको शिक्षाको लागि निकै नै चिन्तित हुनुहुन्थ्यो । आर्थिक अवस्था निकै नाजुक हुँदाहुदै पनि हामीलाई पढन पदर्छ र पढाइको विकल्प छैन भन्ने कुराले सधै उत्प्रेरित गर्नु हुन्थ्यो र सदैव हामीलाई पढन उत्प्रेरीत गरिनै रहनु हुन्थ्यो ।
वहाँहरुकै प्रेरणाका कारण एसएलसी मा राम्रोसँग प्रथम श्रेणीमा उत्तिर्ण गरेपछि वन विज्ञान अध्ययन संस्थानबाट आईएस्सि पास गरेपछि जागीरे जीवन शुरुवात भयो र त्यसपछि काम गर्दै पढदै गरेर विद्यावारीधि सम्म गरेको छु ।
काम गर्दै अध्ययन गर्ने शिलशिलामा होटलको रिसेप्सनिष्ट, रेष्टुरेन्टको वेटर हुदै ईन्स्टिच्युटको निर्देशक, एन जिओको कार्यकारी निर्देशक र अन्तराष्ट्रिय गैससहरुको परामर्शदाता र प्रशिक्षक हुदै विद्यावारिधी सम्मको अध्ययन पुरा गर्न सके ।
चाहेर वा नचाहेर जीवन त अगाडी नै वढ्छ तर जीवनलाई सफलता पुर्वक अगाडी वढाउन चाहनेहरुले के गर्नु पर्दछ ?
यो अत्यन्तै महत्वपुर्ण प्रश्न हो । हामी सबैले के बुझन जरुरी छ भने प्रत्येक व्यक्तिको सफलतालाई निर्धारण गर्ने कारक तत्व भनेको आफुसँग भएको दिमाग हो जुन सबैसँग हुन्छ र त्यो दिमागको गति भनेको २६८ माईल प्रति घण्टा हो ।
यसका अलावा सबैको शारिरिक बनावट एउटै हो र सबैसँग ती सबै तत्वहरु हुन्छन हामीले हामीसँग भएको दिमाग र शरिरलाइ कसरी प्रयोग गर्दछौ ? हाम्रा विश्वास, मुल्य मान्यता के कस्ता छन ?
हामीले धेरै के कुरामा ध्यान दिन्छौ त्यस्तै कुराहरु गर्दछौ र जे जस्ता कुराहरु गर्दछौ त्यस्तै व्यवहार गर्दछौ र हाम्रो जीवनलाइ त्यस्तै बनाउदछौ । त्यसकारण जीवनलाइ सफलता तर्फ वढाउनी की यथास्थितीमा नै अगाडी वढाउने भन्ने कुरा व्यक्तिको सोचाई र विश्वासमा भर पर्दछ ।
हाम्रो विश्वासको आधार के हो ? हाम्रा सुचनाका श्रोतहरु के के हुन कस्ता सुचनाहरुले हामीलाई प्रभावित पार्दछ । हाम्रो दृष्टिको विज्ञान, सत्य र यथार्थमा आधारीत छ की दैवी शक्ति, परमपरा मनगढन्ते कुराहरुमा छ ? यी सबै कुराले हाम्रो जीवनमा फरक पार्दछ ।
जीवनलाइ फरक मार्गमा लैजान मार्गहरु परिवर्तन गरिरहन पर्दछ नयाँ नयाँ कुराहरु सिकीरहनु पर्दछ र नयाँ सिकाई अनुसार व्यवहार परिवर्तन गरि नै रहन पर्दछ ।
यस्तो अवस्थामा नयाँ कुराहरु केही जोखिम युक्त पनि हुन सक्दछन र आफनो आरामदायी क्षेत्र भन्दा वाहिर पनि हुन सक्दछन त्यसकारण आरादायी क्षेत्रलाइ तोड्दै नयाँ लक्ष्य र गन्तव्य निर्धारण गर्दै सोही अनुरुप नयाँ सोच, काम र व्यहवहार गर्दै गयो भने जस्तो सुकै अवस्थामा पनि जीवन सफलताको मार्गमा अगाडी वढ्दछ ।
अहिले सम्म आइपुग्दा तपाइले आफनो जीवनलाइ सफल, असफल के ठान्नु हुन्छ ?
हा हा कस्तो गाह्रो प्रश्न हो । के भन्ने ? केलाइ सफल भन्ने केलाइ असफल भन्ने तर आधारभुत रुपमा आफुले आफ्नै जीवनलाई मुल्यांकन गर्दा मलाई मेरो जीवन सफल हो भन्ने नै लाग्दछ । मैले म १५/१६ वर्षको हुँदा देखेको सपना भन्दा अहिले मेरो जीवन माथी भएको पाउछु ।
एउटा निम्न मध्यमवर्गीय परिवार हुदै अहिले जुन रुपमा आधारभुत आवश्यकता परिपुर्ति गर्न सकेको छु र एक्काइसौ शताब्दिलाइ वुझन सक्ने भएकोछु यस अर्थमा आफनो जीवनदेखी सन्तुष्ट नै छु तर समयको गतिसँग अगाडी वढने चाहना त छदैछ ।
यो समाजलाइ के योगदान दिए जस्तो लाग्दछ र तपाइले गरेको सबै भन्दा अविस्मरणीय र सुनाउन लायक काम के हो ?
समाजलाइ नै मैले उल्लेख्य योगदान दिएको त त्यस्तो केही छैन तर मैले आजसम्म जहाँ जहाँ र जुन जुन संस्थाहरुमा काम गरे त्यहाँ आफनो शत प्रतिशत प्रयास गरेको छु र मैले काम गरेका सबै ठाउँबाट स्यावासी पाएको छु ।
ग्रामिण विकासको लागि ग्रामिण समुदायसँग बसेर काम गर्दा मेरो कामले वहाँहरुको मुहारमा जुन चमक ल्याएथ्यो त्यो एकदम अविस्मरणीय लाग्दछ ।
मेरो तालिम वा कक्षा पछि जव विद्यार्थीहरुले वा प्रशिक्षार्थीहरुले (किसान देखी उच्च पदस्थ कर्मचारी, व्यापारी, प्रध्यापक आदि) जव आफनो सपना सुनाउनु हुन्छ मेरो कामको प्रसंसा गर्नु हुन्छ तव एकदम खुशी लाग्दछ ।
मेरो पारिश्रमीक वापत मैले कमाएको रकमको कानुन अनुसारको कर तिर्छु । मानिसहरुका उत्साह जागृत गराउन प्रयास गर्दछु र ग्रामिण विकासको पनि विद्यार्थी भएको नाताले सबैभन्दा सिमान्तकृत समुदायलाइ केन्द्रमा राखेर योजना निर्माण गर्ने कुराको नेतृत्व गर्दा होस वा सहभागी हुदा सदैव गौरव महशुस हुन्छ ।
मैले गरेको काममा सन् १९९७ मा बैतडी दशरथतन्द नगरपालिका त्रिपुरा सुन्दरीको धौलेलीको नांगो डाडामा वृक्षारोपण गरेर हारा भरा बनाउन सहजीकरण गरेको र सन् २०१० मा डोटीमा एचआइभी संक्रमित महिला पुरुषलाइ तालिम पछि जीवन त बाच्ने कुरा रहेछ भन्दै वहाँहरुले यो एचआइभी भएको जीवन सधै वोझिलो लाग्द्थ्यो कहिले काल आउला भन्दै जीवन कटाइरहेका थियौ तर यो तालिमले एचआईभी भए पनि जीवन त धेरै सुन्दर सुन्दर रहेछ यो त अन्तिम पल सम्म बाँच्न पर्ने कुरा रहेछ हामी पनि जीवनका हरपल खुशीसाथ वाँच्ने प्रयास गर्दछौ भन्दै सहभागीहरुले तालिम पछि दिएको प्रतिक्रियाले सदैव मलाई गौरान्वीत वनाउदछ ।
एकदिन जनज्योती माविका कक्षा १० मा अध्ययनरत विद्यार्थी सपना सिर्जना गर्ने शेषन पछि रोइरहेका थिए उनलाई बाबु किन रोएको भनेर सोधेको उनले रुदै भने सर मैले म भित्र अल्वर्ट आन्सटाइन देखे भने । त्यहाँ प्रिन्सीपल श्री गोविन्द पंगेनी र अध्यक्ष श्री राजुराम अधिकारीका अनुसार उनि सामन्य विद्यार्थी थिए तर त्यो वर्षको एस एलसिमा उनले डिटिक्सन ल्याएर पास गरेछन । यी र यस्ता खवरले गौरवान्वित भने वनाउदछ अव यि यस्तै कुरालाइ योगदानै भनेर भनि हाल्न नमिल्ला ।
तपाइ लामो समय देखी प्रसंसनीय खोज दृष्टिकोणको वारेमा अभ्यास गर्दै आइरहनु भएको छ, यो कस्तो विधी हो र यसलाई कसरी प्रस्तुत गरिरहनु भएको छ ?
प्रसंसनीय खोज दृष्टिकोण व्यक्ति, संस्था वा परिवेशमा छरिएर रहेका सकारात्मक चुरो वा सवलपक्षहरुको प्रणालीगत खोज गरेरे के कति कारणले ती सकारात्मक वा सवल पक्षहरु अस्तित्वमा रहेका छन र के कसरी ति कुराहरुलाई वढाउदै लगेर व्यक्तिको जीवन, संस्था, समाज, देश वा सिंगो विश्वमा नै सकारात्मक रुपान्तरण ल्याउन सकिन्छ भनी खोज गर्ने बैज्ञानीक विधि हो ।
यसले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि प्रत्येक व्यक्ति, संस्था वा परिवेशलाइ विशिष्ठ मान्दछ र त्यहाँ केही न केही सकारात्मकता हुन्छ भन्ने कुरा मान्दछ । मैले यो विधीको वारेमा पहिलो पटक सन् १९९७ मा एउटा लेख पढ्न पाएको थिए ।
१९९७ मा बैतडीमा वातावरण तथा कृषि नीति अनुसन्धार प्रसार तथा विकास केन्द्र (सिप्रेड)मा काम गर्थे । मेरो मुख्य काम प्राकृति श्रोत व्यवस्थापनको काम थियो र समुदायलाइ परिचालन गरी प्राकृतिक श्रोत तथा साधनहरुको विकास गर्न योजना तर्जुमा गर्ने र ती योजनाहरुको कार्यान्व्यन गर्ने थियो ।
योजना तर्जुमाको क्षमता अभिवृद्धि गर्नको लागि हामीहरुलाइ परियोजनाको तर्फवाट डाक्टर रोवर्ट चेम्वरले विकास गर्नु भएको सहभागितामुलक ग्रामिण लेखाजोखा नामक तालिम दिएर ग्रामिण जनसमुदायका समस्याहरुलाई गहिराईम गएर कसरी पहिचान गर्ने र कसरी ती समस्या सम्वन्धि सुचनाहरु संकलन गर्ने भन्ने वारेमा प्रशिक्षित गराइएको थियो ।
संयोगवस एकदिन एउटा पत्रिकाम प्रसंसनीय खोज सम्वन्धि अंग्रेजी लेख पढने अवसर मिल्यो र त्यो लेखले मेरो मष्तिस्कमा निकै ठुलो हलचल पैदा गरायो । त्यस लेखमा एक नियम, दुई लक्ष्य, तीन सिद्धान्त लेखेर त्यसको व्याख्या गरिएको थियो जसले म भित्र एकदम हलचल पैदा गराइदियो ।
त्यो लेखका अनुसार एक नियम भनेर के लेखिएको थियो भने यदि तपाइ सफलता चाहनुहुन्छ भने सफलताको कारण खोज्नुहोस असफलताको होइन भनेर लेखेको थियो ।
दुइ लक्ष्यमा तपाइ जे खोज्नु हुन्छ त्यही प्राप्त हुन्छ र तपाइ जहाँ जान चाहीरहनु भएको छ त्यही पुग्नु हुन्छ र तीन सिद्धान्तमा यदि तपाइले समस्या खोज्नु हुन्छ भने समस्या नै पाउनु हुन्छ, यदि सफलता खोज्नु हुन्छ भने सफलता नै पाउनु हुन्छ र यदि तपाइलाई तपाइको सपनामा विश्वास छ भने चमत्कार प्राप्त गर्न सक्नु हुन्छ भनेर लेखेको थियो ।
यदि त्यो लेखमा लेखिएका कुराहरुलाइ आधार मान्ने हो भने त हामीले त्यहाँ एकदम उल्टो काम गरेका छौ भन्ने महशुश भयो । शायद जीवनमा कुनै पनि पढिएका कुराहरुले यति धेरै छोएको थिएन जुन त्यो लेखले छोएको थियो ।
तर यसलाइ राम्रोसँग वुझने, व्याख्या गर्ने अवसर त्यतिवेला भएन तर मनमा निकै गडेको थियो । सन २००० मा बैतडी छोडेर काठमाण्डु पढ्न आएको वेलामा बुद्धि तामांगले लेख्नु भएको एउटा पुस्तक पढन पाए र २००१ यस विषयका विज्ञ श्री रवि प्रधान, डा. गणपति ओझा, २००२ मैले माथी व्याख्या गरेका एक नियम, दुई गोल र तीन सिद्धान्तका प्रतिपादक डा. मालकम वोडेल, चण्डी चापागाई, ध्रुव आचार्य, सहदेव महत र २००५ मा यस विधीका प्रतिपादक प्रोफेसर डक्टर डेविड कुपरराइडरसँग भेटेर प्रशिक्षण लिए पछि र सन् २००७ मा अमेरीकाको केस वेस्टर्न विश्वविद्यालयवाट सर्टिफिकेसन गरेपछि निरन्तर यही क्षेत्रमा लागि रहेको छु ।
मैले आफनो विद्यावारीधीमा यो विधीलाइ प्रयोग गरेको छु भने धेरै तालिमहरुमा यसको प्रयोग गरेको छु भने नेपाल, भारत, वंगलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका, दक्षिण कोरीया, मलेशीया, थाइल्याण्ड, टर्की, श्रीलंका, लगायतका मुलुकहरुमा तालिम, सेमिनार, सम्मेलनहरुमा यो विधीलाई प्रयोग गरेर प्रस्तुती, तालिम आदि सञ्चालन गरेको छु ।
यस विधी प्रति तपाइको आकर्षण किन वढयो र हाल यो विधीको प्रयोग कसरी भइरहेको छ ?
यो विधीले व्यक्ति वा संस्थामा भएका तमामा संभावनाहरुलाई उजागर गराएर व्यक्ति वा संस्थाहरुलाइ सफलताको वाटोमा निर्देशित गर्ने भएको थाहा पाए पछि मलाइ यो विधी एकदम मन परेको हो । आज हाम्रो समाजमा धेरै व्यक्ति र संस्थाहरु असफलताको कारण निराशाजनक अवस्थामा छन ।
यस्तो अवस्थामा यो विधीको सामान्य परिचयात्मक तालिमले पनि वहाँहरुको जीवनमा एकदम ठुलो परिवर्तन आएको देखेको छु भने मलाइ स्वयम यो विधीमा एकदम विश्वास लाग्दछ । विश्व व्यापी रुपमा ठुला ठुला व्यवसायिक घराना, गैसस, अमेरीकन नेभी समेतमा यो विधी प्रयोग गरिएको छ भने नेपालमा पनि केही शैक्षिक संस्थाहरु गैससहरुले यो विधीको प्रयोग गरेर संस्थालाइ व्यवस्थापन गरेका छन ।
तपाई त सामुदायिक विकासको विज्ञ रुपमा पनि चिनिनु हुन्छ यहाँलाई विकास भनेको के हो र नेपालको द्रुत विकास कसरी संभव छ जस्तो लाग्छ ?
विकास एक प्रकृया हो र यो निरन्तर चलि नै रहन्छ । विकासलाइ सजिलो सँग वुझन र कुनै समाज विकसित छ की अविकसित छ भनेर वुझनको लागि ३ वटा मापदण्डवाट मुल्याँकन गर्न पर्दछ ।
एक नागरीकहरुको आधारभुत आवश्यकताको परिपुर्ति, दुई आत्म सम्मानको सुनिश्चितता, र तीनमा स्वतन्त्रताको प्रत्याभुति यी तीनवटा मापदण्डको आधारमा नेपाललाइ मुल्याँकन गर्ने हो भने नेपाल अत्यन्तै अविकसित मुलुकको रुपमा रहेको छ ।
यहाँ विकासको शुरुवात मात्रै भएको छ भने विगत ३० वर्षका सरकारहरुको काम कार्वाहीलाई मुल्यांकन गर्ने हो भने हाम्रो देश विकासको मार्गमा हिडेको छैन भन्न सकिन्छ । अहिले पनि निरपेक्ष गरिवीको रेखामुनि ठुलो संख्यामा छन ।
ठुला संख्यामा नेपाली नागरीकहरु आत्म सम्मानको लडाइ लडीरहेका छन । उनिहरुलाइ राज्यले दयाको पात्र बनाएको छ भने समाजले हेला र तिरस्कार गर्दछ ।
छुवा छुतको नाममा वित्सभ तरिकाले हत्या हुदा पनि न्यायको प्रत्याभुति हुदैन भने व्यक्तिले आप्mनो रुचि अनुसार पेशा व्यवसाय गर्न पाउदैन यस्तो अवस्थामा हाम्रा सरकारका विकासका प्राथामिकताहरु समाजलाइ रुपान्तरण गर्ने तिर भन्दा पनि गरिव र धनी विच विभेद वढाउने तिर उद्धेलित छन ।
तर एक्काइसौ शताब्दीको सेवा सुविधाहरुको सदुपयोग, देश भित्र भएका विविध समुदायको दक्षता र क्षमतालाइ उपयोग गर्ने गरी विकासका प्राथामिकता निर्धारण गरेर विकासका कृयाकलापहरुलाइ वढाउने हो भने द्रुत र दिगो विकास संभावना छ त्यसको लागि सोचाईको स्थानान्तरण जरुरी छ ।
नेपालमा धेरै पटक राजनीतिक परिवर्तनहरु भए तर पनि आधारभुत तहका नागरीकको जीवन पद्धतीमा केही परिवर्तन आउन सकेन भने पञ्चायती व्यवस्थामा आत्मनिर्भर रहको खाद्यान्न, तरकारी, तेल जस्ता कुराहरुमा हामी किन परनिर्भर भएका छौ र के कसरी हामी फेरी आत्मनिर्भर र उत्पादन निर्यात गर्ने अवस्थामा पुग्न सक्दछौ ?
नेपालमा राजनीतिक परिवर्तन पछि हाम्रो सामाजिक संरचना, परमपरा अनुसारको आर्थिक नीति भएन ।
अन्धाधुन्दा रुपमा नवउदारवादको मार्गम नेपाललाइ लगियो र नेपाललाइ विदेशी उत्पादनको बजार बनाइयो । षडयन्त्रमुलक तरिकाले कुतर्कको आधारमा राष्टिय संघ संस्थाहरुलाइ धाराशायी वनाइयो ।
जीवन निर्वाहको लागि नेपाली युवाहरुलाई विदेशी बजार खोलीयो र देशको जनशक्तिलाइ दलाल मार्फत सरकारले वाहिर पठाउने नीति अवलम्वन गरयो जसको नकारात्मक प्रभाव समाज र उत्पादन प्रणालीमा परेका कारण देश सवै कुरामा परनिर्भर भइरहेको छ ।
यस्तो अवस्थामा हाम्रो अर्थनीतिमा व्यापक रुपान्तरण गरेर समाजवादी अर्थतन्त्रका आधार निर्माण गरेर मात्रै हामीले स्वाधिन राष्टिय अर्थतन्त्रका आधारहरु निर्माण गर्न सक्दछौ ।
तपाइको शिक्षा सरकारी विद्यालयमा हो कि नीजि विद्यालयमा ?
मेरो सबै शिक्षा सरकारी शैक्षिक संस्थामा भएको हो ।
यदि सरकारी विद्यालयमा हो भने पञ्चायती व्यवस्थामा दुर्गम जिल्लाका सामन्य सरकारी विद्यालयमा पढेका मानिसहरु पनि डाक्टर, ईन्जिनियर, फरेष्टर, वा प्राविधीक, प्रशसासक भएका छन तर के अव पनि सरकारी विद्यालयमा विधार्थीहरु पञ्चायती व्यवस्थाको समयका जस्ता सक्षम र योग्य हुन सक्लान ? के कारणले हाम्रो गुणस्तर खस्कियो र अव पुन सुधार गर्न के गर्न सकिएला ?
यो एकदमै महत्वपुर्ण प्रश्न हो । विशेषत वहुदल आएपछि जनताको जीवनस्तरमा धेरै नै परिवर्तन र जीवन सहज हुन्छ भन्ने सोचेका थिए तर अवस्था त्यसको ठीक विपरीत भइरहेको छ ।
अहिले नागरीकको अधिकाँश खर्च शिक्षा र स्वास्थ्यमा भएको छ भने राज्यको सबै भन्दा धेरै रकम पनि शिक्षा र स्वास्थ्यामा नै भएको देखिन्छ । यसले के देखाउदछ भने राज्यको ढुकुटीको पैसा बालुवामा पनि खन्याएको छ ।
यो विगत ३० वर्ष देखी निरन्तर भईरहेको छ र अव पनि सुधार हुने देखिदैन । यदि हामीले हाम्रा सरकारी विद्यालयका विधार्थीहरुलाइ सहि वातावरण सहि शिक्षा दिन सक्नेहो भने उनिहरु संसारका सबै विद्यार्थीहरुसँग प्रतिस्पर्धा गरेर उत्कृष्ट हुन सक्दछन तर हाम्रो राजनीतिक प्रणाली र नवउदारवादी आर्थिक कार्यक्रमले गर्दा गरिव समुदाय झन गरिवीको चपेटा पर्दै गएको छ र धनीहरु झन धनी वन्दै गइरहेका छन ।
यदि राज्यले समाजवादी अर्थनीतिलाइ अवलम्वन गरेर शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि गर्दै यसमा नागरीक प्रति उच्च जवाफदेहीता वहन गर्ने हो भने जम्मा एक वर्षमा आमुल रुपान्तरण गर्न सकिन्छ ।
यतिका राजनीतिक उथलपुथल भएको छ, सुचना प्रविधीले संसारलाइ यति धेरै साँगुरो बनाएको छ तर पनि आधुनिकताको लाभाँस हाम्रो समाजले किन पाइरहेको छैन ? किन हाम्रा लाखौ युवाहरु विदेश पलायन भएका छन ? किन लाखौ हेक्टर जमिन बाँझो छ ? के यी सबै ठीक गर्न सकिदैन ?
वास्तवमा तपाइको मेरो चाहना पनि हाम्रो राजनीतिक पद्धतीले सबै कुरा ठीक गर्छ भन्ने नै थियो तर विडम्वना एक दुई वाहे कुनै पनि सरकार हाम्रा लागि बनेन । यहाँको बाझो जमिनलाइ कसरी हारा भारा वनाउन भन्दा पनि भारतीय तरकारी र अनाज कसरी देश भित्र ल्याउने भन्ने सोचले नीति तथा कार्यक्रमहरु तर्जुमा गरिए र लागु गरिए ।
आज देशमा आइटी कलेज वनाउन पर्ने ठाउँमा विकासको भिजन र सपनाको नाममा उडन्ते कुराहरुले प्रश्रय पाए ।
उदाहरणको लागि चितवनमा वनाउने भनीएको एउटा क्रिकेट रंगशालाले चितवनमा १० वटा आइटी कलेज वन्न सक्थे र हर गरिवका छोरा छोरी आइटी इन्जिनियर वन्न सक्दथे ।
हुम्लामा एउटा आइटीकलेज भएको भए कर्णालीका युवाहरुले नयाँ नयाँ सफ्वेयर वनाउन सक्दथे तर देश उडेन्ते कुराहरुको शिकार वन्यो । गरिवको लागि सोचिएन, देशको वारेमा सोचिएन त्यसकारण उत्कृष्ट बैज्ञानिक बन्ने संभावना भएका युवाहरु मजदुरको रुपमा विदेशमा पलायन भएका छन ।
खै किन हो देशको बागडोर सम्हाल्नेहरुलाई देश र देशवासीको भन्दा पनि वहुराष्टिय कम्पनी र बिदेसी कम्पनिहरुको वढी चिन्ता भयो यो साह्रै विडम्वना हो र नागरीकको स्तरवाट हुने विद्रोहले मात्रै यो अवस्थामा परिवर्तन आउदछ त्यसकारण एउटा भद्र अवज्ञाको जरुरी देखिन्छ ।
आज देशसमा ७५३ स्थानीय सरकार, ७ प्रदेस सरकार र १ संघिय सरकारहरु छन तर ती सरकारमा बस्नेहरुको जिम्मेवारी, जवाफदेहीता, किन सधै उस्तै छ ? तपाइ त पोखरा महानगरपालिकाको शहरी योजना आयोगको उपाध्यक्ष भएर स्थानीय सरकारको कार्यशैली र भुमिका पनि नजिकबाट हेर्नु भयो नीति निर्माणमा सहभागी पनि हुनु भयो कसरी बन्दा रहेछन नीतिहरु ? यसरी नै नीति तथा कार्यक्रमहरु बनी रहे भने कति वर्षमा यो देशको कायापलट हुन्छ ?
छोटो समयको लागि म पोखरा महानगरपालिकाको योजना आयोगको उपाध्यक्ष भएर काम गर्ने अवसर पाए यद्यपी आवश्यक कानुन र नियमावलीको अभावमा मैले नेतृत्व गरेको संस्था निकै कमजोर र अस्पष्ट थियो ।
हामीले समाजवाद उन्मुख समाज निर्माण गर्ने गरी नीति तथा कार्यक्रमहरु त तर्जुमा गर्यौ, तर कार्यपालिकाले पास गरेर पनि कार्यान्व्यनमा जान सकेन जसले मलाइ र हाम्रो टिमलाई निकै दुखित वनायो ।
सबै भन्दा महत्वपुर्ण कुराहरु के सिकाइ भयो भने अहिले पनि हाम्रा पालिकाहरु पुरानै योजना तर्जुमाको रेडीमेड फम्र्याटमा बजेट तथा कार्यक्रमहरु तयार गर्दा रहेछन । कतिसम्म भने आफनै घोषणा पत्र पनि नहेरी एकदम हचुवाको आधारमा नीति तथा बजेट तर्जुमा गरिदो रहेछ जसले गर्दा जुन पार्टीले जिते पनि उही फम्र्याटको कार्यक्रम हुदो रहेछ जुन विडम्वना हो ।
यस्तो हाहाकारमा पनि संघीय सरकार, प्रदेस सरकार र अधिकाँश पालिकाहरुको विकास बजेट खर्च अत्यन्त न्यून रहेकोछ ।
हाम्रो देश बजेट र श्रोतको अभावले विकास नभएको होइन यो त दृष्टिकोण, प्राथामिकता र जवाफदेहीताको अभाव हो वा भनौ सक्षम नेतृत्वको अभाव हो । नेतृत्वको गुणस्तर परिवर्तन नभए सम्म यही तौर तरीकाले देशमा परिवर्तन हुन सक्दैन ।
नेपालको सकारात्मक रुपान्तरणको लागि के कस्ता रणनीतिहरु तय गर्न आवश्यक छ ?
वास्तवमा नेपालको सकारात्मक रुपान्तरणको संघारमा छ र साना साना कुरामा आउन सक्ने सुधारले धेरै ठुलो सकारात्मक प्रभाव पार्ने आधारहरु छन ।
हाम्रा विकासका प्राथामिकताहरु, समाजको आर्थिक र सामाजिक संरचनाहरुको आधारमा ७५३ वटै स्थानीय तहहरुमा समाजवाद उन्मुख नीति तथा कार्यक्रमहरु तर्जुमा गरेर कार्यान्व्यन गर्ने हो भने देशमा आमुल रुपमा सकारात्मक रुपान्तरण आउदछ ।
प्रतिक्रिया