१४ बैशाख २०८३, सोमबार | Apr 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋतम्भरामा धार्मिक अनुष्ठा सम्पन्न



काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित ऋतम्भरा पाठशाला/कलेजले धार्मिक अनुष्ठा सम्पन्न गरेको छ । शनिवार विद्यालय प्राङ्गणमा अनुष्ठा सम्पन्न भएको हो ।

सीता जयन्तीको अवस पारी २०७२ सालको भुकम्पको सम्झनामा अनुष्ठा आयोजना गरेर यस्ता विपतबाट बच्ने शक्ति प्राप्तिको प्रार्थना गरिएको ऋतम्भराका प्रबन्ध निर्देशक रेबन्त ठकुल्लाले बताए । ‘मानिस मनदेखि परिवर्तन हुन जरुरी छ,’उनले भने,‘त्यसका लागी किताब पढेर मात्रै हुँदैन, यस्ता धार्मिक गतिविधि पनि आवश्यक हुन्छन् ।’ यही आवश्यकता महसुस गरेर धार्मिक अनुष्ठा आयोजना गरिएको ठकुल्लाले बताए ।

अनुष्ठामा पुजा सहित भजन–कीर्तन गरेर दिनभर भक्तजनहरुले नाँचगान गरेका थिए । चाँगुनारायण – २ का वडाध्यक्ष सोमप्रसाद प्रधानको विशेष उपस्थितिमा भएको धार्मिक अनुष्ठामा पशुपति भजन मण्डलीका कलाकारहरुले भजनकिर्तन गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक जुनु बुढाथोकीका अनुसार दुवाकोटका ज्येष्ठ नागरिक मिलन चौतारी र योग साधना केन्द्रका प्रतिनिधिले समेत धार्मिक अनुष्ठामा भूमिका निर्वाह गरेका थिए । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको ऋतम्भरा पाठशाला तथा कलेजले संस्कार सहितको शिक्षा दिने उद्देश्यले धार्मिक गतिविधि सँगै कला संस्कृति, परम्परा, रितिरीवाज, चालचलन, पर्यटन र भ्रमण जस्ता विषय पनि प्राथमिकतामा राख्दै आएको छ ।

यो विद्यालय विभिन्न अतिरिक्त क्रीयाकलापमा कयौं पटक उत्कृष्ट बनिसकेको रेकर्ड छ । जसका कारण यहाँका विद्यार्थीलाई अब्बल रुपमा हेर्ने गरिन्छ । ऋतम्भरा चाँगुनारायण नगरपालिकाकै पहिलो संस्थागत कलेज हो ।

यहाँ मानविकी, ब्यवस्थापन र शिक्षा संकायमा पठनपाठन हुने गरेको छ । नगरपालिकाद्धारा लिइएको शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य पुरा गर्न ऋतम्भराले योजनाबद्ध गतिविधि गरिरहेको प्रबन्ध निर्देशक ठकुल्लाको भनाई छ । उनले स्थानीय सरकारको सिफारिसमा गरिब तथा जेहन्दार विद्यार्थीका लागी छात्रबृति समेत ब्यवस्था गरिएको बताए ।

ऋतम्भरामा कमजोर विद्यार्थीका लागी थप कक्षाको व्यवस्था र खेलकुदका लागी भौतिक पूर्वाधारहरुको पनि ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १० : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *