२५ चैत्र २०८१, मंगलबार | Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जातीय विभेदमुक्त मन्दिर सिद्धबाबा !



महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी हिजो अपरान्ह सिद्धबाबा मन्दिर पुग्नुभयो । मन्दिरको अवलोकन गर्नुका साथै मन्दिर विकास तथा व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरू तथा मन्दिरका पुरोहितहरूसँग भेटघाट गर्नुभयो ।

त्यहाँ पुरोहितहरूद्वारा गरिएको स्वस्तिवाचन ग्रहण गर्नुभयो, पूजा गर्नुभयो । त्यस मन्दिरमा राष्ट्रप्रमुखको यो पहिलो भ्रमण हो । राज्यको सर्वोच्च संस्थाको प्रत्यक्ष उपस्थितिले खास अर्थ राख्दछ । एउटा गाउँपालिकाको संरक्षणमा हुर्केको त्यो स्थानका लागि राष्ट्रपतिको उपस्थिति गौरवको विषय हो ।

यसबाट सिद्धबाबा मन्दिरसम्बद्ध सबै हर्षित र उत्साहित भएको देखिन्छ । तर, समाज न हो, यसक पक्ष र विपक्षमा; स्वयं राष्ट्रपतिको निष्ठमामाथि समेत प्रश्न उठाउने, आलोचना गर्ने आदि विचार पनि समाचार बन्न सक्नेछन् ।

प्रकृतिमा विविधता भएजस्तै मानिसमा पनि अनेकौँ विविधता छन् । यस्ता विविधतामा जाति, भाषा, रहनसहन, खानपान, शारीरिक बनोट आदि पर्दछन् । अग्ला, होँचा, काला, गोरा, छन् ।

रीतिथिति, परम्परा, मूल्यमान्यता, आचार विचार, चिन्तन, शैलीका हिसाबले पनि मानिस मानिसका बिचमा विविधता छ । यसो हुनु राम्रो हो । जसरी अनेकौँ रङ्गका फूलहरूको फूलबारी सुन्दर देखिन्छ, त्यसैगरी मानिसका विविधता पनि सामाजिक सुन्दरता हो ।

फेरिँदा प्रकृति बिग्रन्छ, नफेरिँदा संस्कृति बिग्रन्छ । बुझ्नैपर्ने कुरा के छ भने, जानेर गरे विज्ञान हुन्छ, नजानेर गरे अन्धविश्वास हुन्छ । प्रकृति, संस्कृति, समाज, अर्थतन्त्र, क्रान्ति आदि सबै बुझेर गर्दा सकारात्मक प्रतिफल पाइन्छ भने नबुझी नबुझी गर्दा हानि बेहोरी रहन पर्दछ ।

तर, मानिसले मानिस मानिस बिचका भिन्नतालाई विशेषताका रूपमा नभई राम्रो, नराम्रो, उँचो, निचो, घटिया, बढियाको विभेदमा बाँड्यो, छुत र अछुतमा बाँड्यो । विविधताको विशेषतालाई विभेदको अपराधले जेल्यो ।

सबैलाई थाहा छ, प्रकृतिले मानिस बनायो, मानिसले समाज र संस्कृति बनायो । प्रकृतिले बनाएको हेर्न, बुझ्न सकिन्छ, मानिसले बनाएको फेर्न सकिन्छ ।

फेर्नैपर्ने मानिसले आफ्नो सोच, विचार र व्यवहार हो, तर प्रकृति र अरूलाई फेर्न कस्सियो, आफूलाई जहाँको तहीँ राख्यो । तुलनात्मक रूपमा प्रत्येक बलियाले कमजोरलाई यथास्थितिमा राख्ने प्रयत्न जारी राख्यो, जसले सामाजिक सद्भाव, समानता, सहिष्णुता र प्रगतिमा बाधा पारिरह्यो ।

कतिपयले यसलाई धर्म, संस्कार र संस्कृतिसँग जोडिदिए । फेर्नै नहुने, छोड्नै नहुनेजस्तो ठाने र त्यसलाई निरन्तरता दिइरहन चाहे र त्यही प्रयत्नमा लागिरहे ।

त्यसैले, हिजोआज केही मानिसहरू धर्म भन्नासाथ ओँठमुख निचोर्छन्, अनुहार अमिलो र अँध्यारो पार्दछन् ।

मन्दिर भन्नासाथ विभेद र अन्धविश्वासको स्रोत ठान्दछन् । तर, धर्म भनेको मानिसले मानिसका लागि विकास गरेको सामाजिक पद्धति हो, मूल्यमान्यताको सङ्कलन हो, संस्कृतिको आधार र माध्यम हो ।

मानिसले बनाएका सामाजिक परम्पराहरू, धर्म, संस्कृति, चालचलन, रीतिथिति मानिसले बदल्न सकिने विषय हो । धर्म मानिसका लागि हो, मानिसले धारण गरेका — गर्ने विषय नै धर्म हो ।

धर्मभित्र सोच, विचार, व्यवहार आदि धेरै पक्ष हुन्छ । मानिसका धर्म समाजका लागि कर्तव्यका रूपमा हुन्छ भने प्रकृतिको पनि आफ्नै धर्म हुन्छ । जे हुँदा प्रकृतिको प्राकृतिकता रहन्छ, त्यो नै प्रकृतिको धर्म हो । मानिसले पनि जे गर्नुपर्ने हो त्यही गर्दा धर्म गरिरहेको हुन्छ ।

मानिसका अङ्ग—प्र्रत्यङ्ग र इन्द्रियहरूले जे गर्दछन्, ती सबै धर्म हुन् । तिनले गर्नुपर्ने गरेनन् भने, नगर्नु पर्ने सामाजिक तथा प्राकृतिक निर्धारणलाई उल्लङ्घन गरे भने त्यो धर्म रहँदैन ।

यहाँको क्रियाकलाप देखेर कर्तव्यबोध गर्दछ । यस्ता ठाउँ खुसी विस्तार गर्न उत्सव मनाउन, दुःख—पीडा बिसाउन शान्तिपाठ गर्ने र सुन्दर भविष्यको परिकल्पनाको स्वघोषणा स्वरूप भाकल गर्ने—प्रकृतिसँग सफलता माग्ने ठाउँ हुन् । यी समाजका सुन्दर र अमूल्य सम्पदा हुन् ।

फेरिँदा प्रकृति बिग्रन्छ, नफेरिँदा संस्कृति बिग्रन्छ । बुझ्नैपर्ने कुरा के छ भने, जानेर गरे विज्ञान हुन्छ, नजानेर गरे अन्धविश्वास हुन्छ । प्रकृति, संस्कृति, समाज, अर्थतन्त्र, क्रान्ति आदि सबै बुझेर गर्दा सकारात्मक प्रतिफल पाइन्छ भने नबुझी नबुझी गर्दा हानि बेहोरी रहन पर्दछ ।

हामीसँग अनेकौँ तीर्थहरू छन् । अनेकौँ धामहरू रहेका छन् । अनेकौँ पीठहरू छन् र अनेकौँ साधकहरूका सिद्धभूमि रहेका छन् । यसलाई अर्को शब्दमा सिद्धिधाम पनि भन्न सकिन्छ ।

कुनै विशिष्ट व्यक्तित्वले निवास र साधनास्थल बनाएको ठाउँलाई धाम भनिन्छ । त्यस्ता कुनै व्यक्तित्व पुगेको, कम समय बसेको, आजापूजा गरेको स्थानलाई तीर्थ भनिन्छ । यसरी हेर्दा सिद्धबाबा मन्दिर र यो क्षेत्र वास्तवमा एउटा धाम हो ।

मन्दिर भनेको देवताको स्थान हो, तर त्यही मात्र होइन । आश्रय स्थललाई मन्दिर भनिन्छ । जस्तै : शरीरं व्याधिमन्दिरम् अर्थात् शरीर रोगको घर हो भन्ने सुनिएकै होला । सन्तुलन धर्म हो, असन्तुलन अधर्म हो ।

शरीरमा असन्तुलन रोग हो भने सामाजिक असन्तुलन अधर्म हो । यस हिसाबले हेर्दा मठ, पीठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद आदि सन्तुलनका लागि महत्वपूर्ण विषय हुन् ।

जनश्रुति अनुसार यो स्थल प्राचीन उज्जैनका राजा(राजा विक्रमादित्यका दाजु) भर्तृहरिले कठोर तपस्या गरी सिद्धि प्राप्त गरेको हुनाले यस स्थानको नाम सिद्धस्थान रहन गएको हो ।

हाम्रो सामाजिक चलनचल्तीमा साधुसन्तलाई बाबा भन्ने प्रचलन अनुसार सिद्ध भर्तृहरिलाई पनि बाबा भनियो र सिद्धस्थानको नाम सिद्धबाबा राखिएको स्पष्ट हुन्छ । राजा भर्तृहरि त्यागी, नीतिज्ञ, धार्मिक व्यक्ति थिए भन्ने जानकारी पाइन्छ ।

उनी गुरु गोरखनाथका भक्त/शिष्य भएको उल्लेख छ । यी मान्यताका आधार परम्परा हुन्छन् । सबै परम्पराको तिथि—मिति र प्रवर्तक भेटिँदैनन् ।

तर पनि जनश्रुति र जनविश्वासका आधारमा यस स्थानलाई हाल भारतको मध्य प्रदेशमा रहेको उज्जैनका तत्कालीन राजा भर्तृहरिको साधना भूमिको रूपमा स्वीकार गरिएको छ । सिद्ध परम्परामा प्रायः बौद्ध, नाथहरू रहेको विषय पनि जानकारी हुन्छ ।

नाथ परम्पराको प्रारम्भ भूमि नेपाल हो । महासिद्ध—महातपस्वी गोरखनाथ नेपालका गौरव हुन् । त्यही गौरवको परम्परामा उभिएको सिद्धबाबा स्थान अझ प्रचारित हुन सक्नुपर्दछ ।

धार्मिक क्षेत्र भनेको मूलतः ज्ञान, भक्ति र योगको क्षेत्र हो । तर, अबको ज्ञान, भक्ति र योग परम्परागत ज्ञान, भक्ति र योगभन्दा अग्रगामी हुन आवश्यक छ ।

यो र यस्ता सबै स्थानहरू मानिसका लागि प्रेरणाका स्थल हुन् । मानिसले यहाँ जगत्को उत्पत्ति र विकासको कल्पना गरेर अध्यात्म जगाउँछ । अध्यात्म भनेको मानिसको आन्तरिक गति हो, अवस्था हो । मानिस यस्तो ठाउँमा विगत पढेर वर्तमान ठम्याउँछ ।

यहाँको क्रियाकलाप देखेर कर्तव्यबोध गर्दछ । यस्ता ठाउँ खुसी विस्तार गर्न उत्सव मनाउन, दुःख—पीडा बिसाउन शान्तिपाठ गर्ने र सुन्दर भविष्यको परिकल्पनाको स्वघोषणा स्वरूप भाकल गर्ने—प्रकृतिसँग सफलता माग्ने ठाउँ हुन् । यी समाजका सुन्दर र अमूल्य सम्पदा हुन् ।

यी मूर्त, अमूर्त दुवै छन् । मूर्तले अमूर्तलाई जीवन्तता प्रदान गर्दछन् । हामीले यस्ता ठाउँहरूको प्राचीनताको, ऐतिहासिकताको अध्ययन गर्नु—गराउनु पर्दछ । यहाँका भेट्न सकिने सम्मका तथ्यहरू बटुल्नु पर्दछ । तर धर्म, अध्यात्मका विषय प्रायशः मान्यताका विषय हुन्छन् ।

यस्ता ठाउँहरूलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गरी आर्थिक समृद्धिको स्रोत बनाउन सकिन्छ । मानिसहरूको ठूलो सङ्ख्यामा आउजाउ गर्ने भएकोले यी ठाउँहरूलाई सामाजिक—सांस्कृतिक सूचना केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।

यस्तै स्थान मध्येको एउटा हो— सिद्धबाबा मन्दिर । सिद्धि शब्दको प्रयोग सफलता, पूर्णता, प्रमाणित, सुनिश्चितता आदिका लागि गरिन्छ । यद्यपि, सिद्धि साधनाद्वारा प्राप्त हुने प्रतिफल हो, तथापि विद्वान् तथा वाङ्मयहरूले सिद्धिका विषयमा विभिन्न मान्यताहरू अघि सारेका छन् ।

सिद्धबाबा बुझ्नका लागि सिद्धिबारे बझ्न आवश्यक हुन्छ । मानिसले कष्टसाध्य तप÷अभ्यासको माध्यमबाट सफलता प्राप्त गर्नु नै सिद्धि हो । यसरी सिद्धि प्राप्त गर्ने मानिस सिद्ध हो । कसैले यस्तो सिद्धि प्राप्त गरेको स्थान नै सिद्धस्थान हो ।

हाम्रा शास्त्रहरूमा सिद्धलाई देवताको कोटिमा गणना गरिएको छ । देवयोनि÷देवताका जातिभेदको सूची यस प्रकार छ :

विद्याधराप्सरो—यक्ष—रक्षो—गन्धर्व—किन्नराः । पिशाचो गुह्यकः सिद्धो भूतोऽमी देवयोनयः अथात् विद्याधर, अप्सरा, यक्ष, राक्षस, गन्धर्व, पिशाच, गुह्यक, सिद्ध, भूत यी (दस) देवयोनि हुन् ।

(अमरकोश, स्वर्गवर्ग/११) यसरी सिद्धका स्थानहरू देवस्थल हुन् भन्ने पुष्टि हुन्छ । यस्ता स्थानलाई मानिसहरूले श्रद्धा गर्दछन् र आपूmले पनि केही प्राप्त गर्ने अपेक्षा राख्दछन् । नेपालमा यस्ता स्थानहरू अनेकौँ छन् ।

सामान्यतः साधना र सिद्धिको विषयमा यसो भन्न सकिन्छ ः यदि कसैको बोली प्रभावशाली छ, उसको व्यक्तित्व पनि आकर्षक छ, तर प्रभावशाली बोली र व्यक्तित्व अनुसारको सफलता प्राप्त गरेको छैन भने उसले बोली र व्यवहार अनुसारको बन्ने प्रयत्न गर्नु साधना हो, बोली र व्यक्तित्व अनुसार सफलता प्राप्त गर्दछ भने त्यो सिद्धि हो ।

वाक्सिद्धि, मन्त्रसिद्धि, औषधिसिद्धि आदि सिद्धिका अनेकौँ क्षेत्र छन् । तर के कति कुरा सत्य हो भने साधना नगरीकन कुनै पनि विषयमा सिद्धि प्राप्त हुँदैन ।

देवसर्गाचाष्टविधो विबुधा : पितरोऽसुराः । गन्धर्वाप्सरसः सिद्धा यक्षरक्षांसि चारणाः अर्थात्, आठ प्रकारको देवसर्गमा देवता, पितृ, असुर, गन्धर्व, अप्सरा, सिद्ध, यक्ष, राक्षस, चारण पर्दछन् । (श्रीमद्भागवत महापुराण, स्कन्ध—३, अध्याय—१०, श्लोक—२७) सिद्धहरू देवश्रेणीमा पर्ने यो पनि महत्वपूर्ण प्रमाण हो । अमरकोषमा सिद्धिलाई ऐश्वर्यको रूपमा उल्लेख गरिएको छ ।

ऐश्वर्यका भेद अणिमादिकमष्टधा अर्थात् अणिमादि आठ प्रकारको छ भन्ने लेखिएको छ । यसरी सिद्धिको विषय ऐश्वर्य अर्थात् श्रीसम्पत्ति, स्वामित्व, प्रभुत्व, ईश्वरीय गुण आदि हो । (संक्षिप्त नेपाली शब्दसागर)

शास्त्रमा अष्टसिद्धिको विषयमा उल्लेख पाइन्छ । ती अष्टसिद्धि यस प्रकार छन् —

अणिमा महिमा चैव गरिमा लघिमा तथा । प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्टसिद्धयः अर्थात् अणिमा—अणु जस्तो अति सूक्ष्म हुनु, महिमा— विस्तृत हुनु, गरिमा—गह्रुङ्गो हुनु, लघिमा— हलुका(हलुङ्गो) हुनु, प्राप्ति— चाहे जस्तो गर्नु वा हुन सक्नु, प्राकाम्य— अरुको मनको भाव वा कामना बुझ्ने हुनु, ईशित्व—सबैभन्दा माथि हुनु, वशित्व— अरुलाई नियन्त्रणमा लिन सक्ने हुनु यी आठ सिद्धिहरू हुन् ।

सिद्धिको माध्यमबाट मानिसले आपूmलाई उपरोक्त आठ प्रकारका अनुभव वा प्राप्ति गर्न सक्दछ । यस्ता स्थलहरूबारे थप अध्ययन अनुसन्धानको आवश्यकता छ ।

सिद्धबाबा मन्दिर मूलतः पूजाआजा गर्न आउने धार्मिक स्थलको रूपमा रहेको भए तापनि यो स्थल एउटा मन्दिर मात्र होइन, यो स्थल बहुविशेषतायुक्त स्थल हो ।

यो स्थल आदिमानव रामापिथेकसको अवशेष (बंगारा) भेटिएको प्रागैतिहासिक स्थल हो । यसको समुसचित प्रचार—प्रसार तथा व्यवस्थापनको माध्यमबाट यहाँ संसार भरीका मानिसहरूलाई आकर्षित गर्न सकिन्छ ।

त्यस्तै, जीतगढी किल्लाको नजिक रहेको हुनाले यसलाई राष्ट्रिय स्वाभिमान र वीरताको स्थलको रूपमा विकास गर्न सकिन्छ । सिद्धस्थल भएको हुनाले यसलाई योगसाधना स्थलको रूपमा विकास गर्न सकिन्छ ।

जम्मा जम्मीमा हामी फरक छौँ, तर तल—माथि होइनौँ, फरक छौँ, तर सानो—ठूलो होइनौँ भन्ने बुझ्न र तदनुसार व्यवहार गर्नु पर्दछ । यसको एउटा अभ्यास सिद्धबाबा मन्दिरका पुरोहितहरूबाट हुँदैआएको छ ।

शान्तिका अग्रदूत महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको निकट रहेको हुनाले यसलाई शान्ति स्थलको रूपमा विकास गर्न सकिन्छ ।

हालका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङ बौद्धमतावलम्बी हुनुहुन्छ । तर, आस्थाको सम्मानसँगै विकास र प्रगतिबारे स्पष्ट दृष्टिकोणका कारण यो थप आकर्षण र विश्वासको केन्द्र बनेको छ ।

यहाँ उठेको रकम खर्चमा अपनाइएको पारदर्शिता अन्यत्रका लागि समेत अनुकरणीय छ । यहाँ सङ्कलित भई खर्च कटाएर जोगिएको रकम तिनाउका विद्यालयमा, गाउँको उद्यम प्रोत्साहनमा खर्च गर्ने परिपाटीबाट धार्मिक संस्थाहरू आर्थिक उपार्जन एवं रोजगारी प्रवद्र्धनमा सहयोगी हुन सक्दछन् भन्ने पुष्टि हुन्छ ।

दानबाट सङ्कलित रकम शैक्षिक, सामाजिक तथा भौतिक विकासमा खर्चनुले दानको सदुपयोग भएको हुन्छ ।

मन्दिरमा पूजा गर्ने, भान्सामा काम गर्ने, सरसफाइ गर्ने, सुरक्षाको काम गर्ने आदि प्रत्यक्ष रोजगारीका साथै मन्दिरका अगाडि बनेका सटरहरूमा सेवा तथा सामग्री बिक्री गर्नेहरूले प्राप्त गरेको रोजगारी उत्तिकै महत्वपूर्ण छ ।

यो मन्दिर तिनाउ गाउँपालिकाको महत्वपूर्ण सम्पदा हो । यसको व्यवस्थापनमा गाउँपालिकाको संलग्नता रहेको छ ।

निकै पहिलेदेखि नै धार्मिक आस्था तथा क्रियाकलापको केन्द्र रहेको भए तापनि यसको संस्थागत विकासको सुरूआत भने वि.स.२०५६ सालमा भएको हो । विक्रम सम्वत् २०५६ सालको बैसाख १० गते जिल्ला प्रशासन कार्यालय, पाल्पामा दर्ता गरी वर्षेनि नवीकरण गरिँदै आइएको यस संस्थाको संरक्षक तिनाउ गाउँपालिका, पाल्पा रहने व्यवस्था छ ।

बुटवल सहरबाट तीन किलोमिटर दूरीमा रहेको सिद्धबाबा मन्दिर धार्मिक आस्था राख्नेहरूका लागि पवित्र भूमि हो । यस्तो प्रसिद्धि निकै पर परसम्म रहेको छ ।

धार्मिक क्षेत्र भनेको मूलतः ज्ञान, भक्ति र योगको क्षेत्र हो । तर, अबको ज्ञान, भक्ति र योग परम्परागत ज्ञान, भक्ति र योगभन्दा अग्रगामी हुन आवश्यक छ ।

यो सम्भावना र दायित्वका लागि सिद्धबाबा मन्दिर व्यवस्थापन समिति र यसको वर्तमान नेतृत्व सक्षम छ ।

धर्म र धार्मिक स्थलहरू विभेदका स्रोतका रूपमा औँल्याइने गरिए पनि यो मन्दिर जातीय छुवाछुतमुक्त मन्दिर हो । यहाँ गर्ने—गराइने आजापूजामा जातीय विभेद छैन, यो सबै जाति, धर्म, समुदाय, सम्प्रदायका लागि समान रूपमा खुला रहेको छ ।

यहाँ सेवारत वैदिक सनातनी कर्मकाण्डी पुरोहितहरूले कसैलाई जात नसोधी गोत्रका आधारमा सङ्कल्प गराउने गरेको देख्न सकिन्छ । कर्म, स्वभाव र रूचिका आधारमा ब्राह्मण, क्षेत्रि, वैश्य, शूद्र वर्णमा विभाजित सबै वर्णका मानिसहरूको गोत्र फरक छन्, तर गोत्रका आधारमा वर्ण फरक छैन ।

हामीले पनि कोइराला, घिमीरे, पौड्याल, आचार्य आदि र दमाई, कामी, सार्की, लोहार, चमार आदिका ठाउँमा मौद्गल्य, काश्यम, कौडिन्य, भारद्वाज आदि उल्लेख गर्ने गरियो भने अहिले देखिने गरेको वर्णभेद हटाउन पनि सहयोगी हुने देखिन्छ ।

जम्मा जम्मीमा हामी फरक छौँ, तर तल—माथि होइनौँ, फरक छौँ, तर सानो—ठूलो होइनौँ भन्ने बुझ्न र तदनुसार व्यवहार गर्नु पर्दछ । यसको एउटा अभ्यास सिद्धबाबा मन्दिरका पुरोहितहरूबाट हुँदैआएको छ ।

सिद्धबाबा मन्दिर विकास तथा व्यवस्थापन समिति र यहाँका पुरोहितहरूका प्रशंसनीय अभ्यासहरूबाट अरूले पनि सिक्न सके राम्रो हुनेछ । अब हाम्रा सबै धार्मिक स्थलहरू विभेदका नभई समानताका प्रेरणा तथा सन्देशका स्थलहरू बन्नैपर्छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १२ : १३ बजे

  • ...
    Rejestracja

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *