अत्यन्तै निराशा र प्रतिकुलतालाई उत्साह र अनुकुलतामा वदल्दै तेश्रो शक्तिका बाबजुद नेकपा एमाओवादीको नेतृत्वमा सरकार गठन गर्न सफल भएर कमरेड प्रचण्डले समसामयीक राजनीतिको शिखर नेतृत्व भएको प्रमाणित गरेका छन ।
संविधानमै विपरित संसद विगठन र आफनै दुई तिहाईको सरकार चलाउन नसक्ने असक्षम भनेर चिनिएका कम्युनिष्टको चिनारीमा कमरेड प्रचण्डले नेपालमा कम्युनिष्टहरु अपरिहार्य र औचित्यपुर्ण छन भनेर पुनः एक पटक प्रमाणित गरेका छन र कम्युनिष्ट पार्टीहरुको शुद्धिकरणका लागि अवसर जुटाएका छन ।
यो सरकार गठन भए पछि नै तिव्र विकासको हुटहुटी प्रर्दशन गर्दै आएका प्रधानमन्त्रीले तत्कालिन र दिर्घकालिन महत्वका विषयहरुमा हस्तक्षेपकारी भुमिका खेल्न चाहेको कुरा भ्रष्टचार विरोधी जेहाद छेडेवाट प्रष्ट हुन्छ ।
धेरै पार्टीको गठवन्धनमा र प्रत्येक पाटीका आफना आफनै स्वार्थका कारण प्रधानमन्त्रीले चाहेको गतिमा हिडन किमार्थ संभन छैन तर पनि सहयात्रीहरुलाई घिसार्दै घिसार्दै अगाडी वढने रणनीति भने प्रसंसनीय देखिन्छ ।
भ्रष्टचार विरोधी गगनभेदी नारा चर्काउने रास्वपाले किन सरकारलाई समर्थन गरेको थियो र किन फिर्ता लियो कुनै राजनीतिक कारण देखिदैन भने सरकारले भ्रष्टचारको जेहाद छोडने वित्तिकै समर्थन फिर्ता लिने निर्णयले प्रधानमन्त्रीलाई यो मुद्धामा पदको दाउ लगाएर एक्लै हिडन पर्ने प्रष्ट देखिन्छ ।
नेपाली समाज सचेत हुदै गएको कारण यो वा त्यो वहानामा गरिने नक्कली कुराहरुलाई नागरीकतहवाट नै बहिष्कार गरिन्छ भन्ने कुरा हालैका दिनमा सडक र समाजिक सञ्जालमा देखिएको उभारवाट नि प्रष्ट हुन्छ ।
मतपत्रको जनादेश जे जस्तो भए पनि अहिलेको जनमत प्रधानमन्त्रीले आफनो पक्षमा पार्न सफल भएको प्रष्ट हुन्छ ।
प्रधानमन्त्रीले नागरीकको यो भावना र शक्तिलाई साथ लिएर अझ विश्वास जित्दै अगाडी वढ्दा जीवनको उत्तारर्धमा ऐतिहासिक सफलता प्राप्त गर्न सक्ने देखिन्छ । प्रधानमन्त्री सफल भएमा देशमा सदाचार, शुसासन र विकासको युग शुरु गर्ने नायकको रुपमा युगौ युग बाँचीरहने संभावना प्रष्ट देखिन्छ ।
प्रधानमन्त्रीको यो तहको हुटहुटी गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नागरीक तथा उड्यान मन्त्री सुदन किराँती र सञ्चार मन्त्री रेखा शर्माको दमदार उपस्थितीले अव परिस्थितीमा केही परिवर्तन हुन्छ भन्ने आभास दिलाएको छ ।
विडम्वना नै भन्नु पर्छ मन्त्रीमण्डलका अन्य सदस्यहरु झण्डा हल्लाउने र सलाम खाने वाहेक कहाँ के गरिरहेका छन कसैलाई केही थाहा छैन ।
थोरै तर प्रतिवद्ध मन्त्री हुदा त हलचल पैदा हुदो रहेछ भने मन्त्रीमण्डलका सबै सदस्य सकृय हुने भने कस्तो हुन्थ्यो होला ? नेपाल प्रहरीको सकृयता पनि उत्तिकै प्रसंसनीय छ ।
प्रधानमन्त्रीको विकास सल्लाहकारको रुपमा रहेको योजना आयोग, वहाँकै आफनै पार्टी र देशभरी रहेका भनिएका १० लाख कार्यकर्ता, भातृ संगठनहरु कहाँ के गर्दैछन कतै दृश्यमा देखिदैनन ।
समाजवादउन्मुख समाज निर्माणको विकास र रुपान्तरणको मोडलको वारेमा देश भरी नै वहस र विश्लेषण गरेर प्रधानमन्त्रीलाई सल्लाह र सुझाव दिन पर्ने वुद्धिजीवीहरु कहाँ के गर्दै छन कतै देखिदैनन ।
यस्तो अवस्था आफै ७० वर्ष पुग्नै लागेका वृद्ध, घरमा सिकिस्त विरामी श्रीमती, राष्टिय तथा अन्तराष्टिय प्रक्रियावादीहरुको घेरावन्दी, दलाल र भ्रष्टचारीको निरन्तर आक्रमण, अन्त्यन्तै सुस्त र सामन्तवादी कर्मचारीतन्त्रका बाबजुद एक्लो वृहस्पतीको रुपमा प्रधानमन्त्रीकको अदम्य सहास प्रसंसनीय छ ।
प्रधानमन्त्रीलाई दुई वर्ष सम्म सत्ताको नेतृत्व गर्ने अवसर संविधानले दिएको भए पनि पर्दा पछाडी प्रतिक्रियावादीहरु सलवलाई रहेको प्रष्ट देखिएको छ ।
अहिले नेपाली समाज यति आक्रमक भएको छ की यदि नेपाली काँग्रेस र गठवन्धनका अन्य सहयात्रीहरु र प्रतिपक्षी दलहरुले भ्रष्टचार उन्मुलन र विकासको यो अभियानमा अवरोध खडा गरेमा ती राजनीतिक पार्टीहरुको भविष्य नै चौपट हुने कुरामा कुनै द्धिविधा देखिदैन ।
सरकारले भ्रष्टचार, कुशासन र बेथिती विरुद्ध जेहाद छेडीरहदा नेपाली काँग्रेस र नेकपा एमाले लगायतका पार्टीहरुले यो वा त्यो वाहनामा सरकारलाइ असफल पार्ने रणनीति अपनाएमा आगामी २० औ वर्ष सम्म यो देशमा राजनीति गरेर नेतृत्वमा पुग्ने संभावना बोकेका दोश्रो र तेश्रो पुस्ताका नेताहरुको राजनीतिक भविष्य अन्धकार हुने कुरा निश्चित छ र राजनीतिक शक्ति सधैको लागि अन्य पार्टीहरुमा सर्ने निश्चित छ ।
नेकपा माओवादी र कमरेड प्रचण्डको धेरै गर्ने हुट हुटी भएपनि २०४७ साल पछि देशमा जुन प्रकारले तस्कर, दलाल, भ्रष्टचारीहरु, फटाहहरुको हालीमुहाली मनोमानी वढीरहेको छ यसमा नेपाली काँग्रेस, नेकपा एमाले र २०६३ पछि माओवादी पनि उत्तिकै जिम्मेवार छन ।
जुन प्रकारका घटनाहरु सार्वजानीक भईरहेका छन ती घटनाहरु घटाउने र त्यस्ता कुतत्वलाई संरक्षण गरेर देश लुटने वातावरण सिर्जना गर्ने यो पुस्ताका नेताहरुलाई इतिहासले सधै घृणा गरिरहने छ र यी पात्रहरु देशद्रोही घृणित पात्रको रुपमा ईतिहासमा दर्ज रहीरहनेछन ।
यस्तो अवस्थामा वर्तमान प्रधानमन्त्रीको लागि पुरानो विश्वासको संकटलाई मर्मत गरी नयाँ इतिहास रच्ने अवसर प्राप्त भएकोेछ । यो भन्दा धेरै महत्वपुण अवसर वहाँलाइ २०६४ मा र कमरेड केपी वलीलाइ २०७४ मा प्राप्त भएको थियो तर व्यक्तिगत अहम्, दम्भ, असक्षमता र अयोग्यताको कारण वहाँहरु त असफल हुनु नै भयो देशभरीका न्यायप्रेमी नागरीकको सपना स्वाह भएको थियो । आशा छ यस पटक प्रधामन्त्री सामाजिक न्याय सहितको समाजवाद उन्मुख समाज निर्माणमा प्रधानमन्त्रीले पुरा प्रयास गर्नुहुनेछ ।
एकछिन हेरौ त हजारौको त्याग, वलिदान, निष्ठा मिलाएर बनाईएका नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी जस्ता पार्टीहरुमा कस्ता कस्ता ब्यक्तिहरुले हालीमुहाली गरिरहेका रहेछन ? कमरेड क्रषि देवकोटा आजाद, कमरेड रत्न ध्वज वान्तवा, क्याप्टेन यज्ञ वहादुर जस्ता हजारौ ज्ञात अज्ञात सहिदहरुको आत्म कति रोएको होला तर ती पार्टीहरुका नेतृत्व यस्तै सडेका तस्कर, दलाल र फटाहरुलाइ संरक्षण गर्न निर्दोष नछुटुन भन्ने फण्डा बोकिरहेका छन ।
देशै निकाला गर्न पर्ने मानिसहरुलाइ पार्टीको सदस्यवाट पनि निकाल्न सकिरहेका छैनन । धन्य छन यी पार्टीका माहान कार्यकर्ता पंक्तिहरु जो यस्ता असंवेदनशील र घाती नेतृत्वको जय जयकार गरिरहन्छन तर नेतृत्वको विकल्प सोच्दैनन ।
यस्तो चरम निराशामा नक्कली भुटानी शरणार्थी प्रकरण मार्फत प्रधानमन्त्री र वहाँको सरकारले शुरु गरेको युद्ध आफैमा अर्को जनयुद्ध हो । यो यतिमै रोकीनु हुदैन ।
धमिजा, लाउडा, यति होल्डिगं, ओम्नि, वाईडवडी, सिसि टिभी फुटेज लगायतका कण्डहरु एक एक गरी खोल्ने हिम्मत गर्नु पर्दछ । नेपालको ईतिहासमा जनताको मन जित्ने विकास र लोकतन्त्र प्रेमी प्रधानमन्त्रीको रुपमा प्रथम प्रधानमन्त्री भिमसेन थापा, प्रथम प्रजातान्त्रिक प्रधामन्त्री विपी कोईराला, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, गणतान्त्रिक संविधानका प्रथम प्रधानमन्त्री शुशील कोईरालाको मात्रै नाम जन जनको ह्रिदयमा लेखिएको छ ।
अहिले नयाँ नेपालको जग हाल्ने गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री कमरेड प्रचण्डलाई यो अतुलनीय अवसर प्राप्त भएको छ ।
हिजो ज्यानकै बाजी लगाएर जनयुद्ध हाकेका प्रधानमन्त्रीलाइ आज कुर्सीको बाजीलगाएर भ्रष्टचार र कुशासनको विरुद्ध युद्ध गर्न पक्कै कठिन छैन । यो युद्ध वहाँले नजित्ने भन्ने प्रश्ननै उठदैन ।
यो केवल वहाँको चाहनामा भर पर्ने कुरा हो । यदि अन्तरमनवाट नै चाहानु भएको हो भने सफलतामा कुनै सन्देह छैन । हिजो वहाँसग सुविधा सम्पन्न शक्तिसँग लडने ईच्छाशक्ति मात्रै थियो जसमा घरेलु हतियार, तालिम नपाएका लडाकु, निसस्त्र र निरह जनताको साथ थियो तर आज वहाँसँग सिंगो राज्य संयन्त्र छ, अधिकाँश नागरीकहरु छन यस्तो अवस्थामा पनि यो युद्ध हार्नु भनेको वहाँले भित्री मनदेखी नै युद्ध गर्न नचाहेको र कुशासन तथा भ्रष्टचार प्रवर्धन गर्न चाहेको प्रमाणित हुन्छ ।
स्मरण रहोस जनयुद्धको औचित्य प्रमाण्ति गर्न भ्रष्टचारसँग सगै नवउदावादसँग लडेर सामाजिक न्याय सहितको समाजवाद उन्मुख समाजको निर्माण गर्दै नयाँ नेपालको जग हाल्ने महान अभियानमा दृढता पुर्वक उभिनु पर्नेछ ।
साहस पुर्ण रुपमा विकास, शुसासन र सामाजिक न्यायको जगमा वृहत कम्युनिष्ट एकता गरेर नयाँ पुस्तालाइ नेतृत्व हस्तानान्तरण गर्दै समाजवादी नेपालको अभिभावकीय भुमिका खेल्न पर्ने जिम्मवोरी वहन गर्न पर्नेछ । प्रधानमन्त्रीलाइ यो माहान अभियानमा सफलता मिलोस शुभकामना !
-डा. आर सी लामिछाने
प्रमुख कार्यकारी ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्स
प्रतिक्रिया