११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार पक्राउ



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न डा. इन्द्रजित राई पक्राउ परेका छन् ।

सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएपछि मंगलबार बिहान प्रहरीले राईलाई ललितपुरबाट पक्राउ गरेको हो ।
२०७४ फागुनदेखि २०७८ असारसम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा राई उनको सुरक्षा सल्लाहकार थिए ।

सोही समय राईले नक्कली भुटानी शरणार्थी बन्न प्रतिव्यक्ति ५० लाखसम्म असुलउपर गर्ने गरेकाे अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलले दिएको बयानका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उक्त गिरोहका मुख्य योजनाकार राई रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका राइमाथि थप अनुन्धान भइरहेकाे एसएसपी कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *