२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा, प्रचण्ड र नेपालबीच छलफल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि दुई पार्टीका अध्यक्ष बालुवाटार पुगेका हुन् ।

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका प्रचण्ड बालुवाटार पुगेका थिए । प्रचण्ड बालुवाटार पुगेको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि थपिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएका छन् । सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँडफाँडको छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *