२० फाल्गुन २०८०, आइतबार | Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका लैजाने भन्दै ठगीमा संलग्न भएको आरोपमा सचिव पाण्डे पक्राउ



काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो ।

आफुमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोत बताउँछ ।


गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो । पान्डेले समेत पैसा लिएको खुलेको छ ।

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको थियो । जसमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *