११ चैत्र २०८१, मंगलबार | Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमोबुद्धमा रहेका अवैध संरचना हटाइँदै



काभ्रे। जिल्लाको नमोबुद्ध नगरपालिका विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको छ। 

नमोबुद्ध र पनौती नगरपालिका विश्व सम्पदामा सूचीकृत हुने प्रक्रियामा रहेको युनेस्कोले जनाएको छ। 
सन् २०२४ भित्र जिल्लाको दुई नगरपालिकका सूचीकृतका लागि युनेस्कोले समयसीमा दिएको कारण नमोबुद्ध परिसरमा निर्माण गरिएको अनियमित संरचना नगरपालिकाले हटाउने कार्य अघि बढाएको छ। 

नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएको अवैध संरचना पुरातत्व विभाग अन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रोहबरमा नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधि, प्रशासन, नमोबुद्ध भगवान घ्या गुठी व्यवस्थापन समितिसहित स्थानीय सरोकारवालाको उपस्थितिमा हटाउन सुरु गरिएको हो। 

पुरातत्व विभागले उक्त संरचना नहटाई विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रिया अघि बढाउन नसकिने बताएपछि सरोकारवालासँगको पटक पटकको छलफलपछि नगरपालिका अनियमित संरचना हटाउन पहल लिएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए। 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ७ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *