मंगलसेन । अछाम जिल्लामा राहदानी सेवा अवरुद्ध भएको छ । अनलाइन प्रणाली जडान गरिएको नेटमा समस्या आउँदा राहदानी सेवा अवरुद्ध भएको हो ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार ई–पासवर्डको अनलाइन प्रणाली जडान गरिएको नेटमा समस्या आएपछि दुई दिनका लागि सेवा बन्द गरिएको छ । जसका कारण जिल्ला प्रशासन कार्यालय अछामको राहदानी फाँटबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु कार्तिक ८ गते बिहीबार र ९ गते शुक्रबारका लागि बन्द गरिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामले बुधबार जारी गरेको सूचना अनुसार अनलाइन प्रणाली जडान गरिएको नेट मर्मत कार्य सुरु गरिएकाले आगामी आइतबार देखि नियमित रुपमा राहदानी फाँटका सबै सेवाहरु सुचारु हुनेछन् ।
प्रशासकीय अधिकृत सन्तोष बिकद्धारा हस्ताक्षरित सूचनामा ई–पासवर्डको अनलाइन प्रणाली जडान गरिएको नेटमा आएको समस्या समाधानका लागि प्राविधिक टोलीले काम थालिसकेकाले आगामी आइतबार देखि सेवा सुचारु हुनेगरी मर्मत कार्य सम्पन्न भइसक्ने उल्लेख गरिएको छ ।







प्रतिक्रिया