काठमाडौं । काठमाडौं जिल्ला अदालतमा एक सेवाग्राहीको ३३ लाख रुपैयाँ बराबरको हिराको हार हराएकोमा प्रहरीले सिसिक्यामेराको सहयोगमा फेला पारेको छ ।
बिहीबार दिउँसो जमुना घलेको हार हराएको थियो । शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा पत्ता लगाएको हो । सो हार एक कानुन व्यवसायीसँग भेटिएको छ ।
प्रहरी स्रोतका अनुसार अदालतमा सफा गर्ने कामदारले कुनै सामान्य वस्तु ठानेर बढार्ने क्रममा कुनामा लगेर राखेकी थिइन्। सिसिक्यामेरामा एक कानुन व्यवसायीले टिपेर खल्तीमा हालेको देखियो । बार एशोसियनको सहयोगमा प्रहरीले ती कानुन व्यवसायीको पहिचान गरेको थियो । ती कानुन व्यवसायीले धनीलाई हार फिर्ता गरेका हुन् ।
प्रतिक्रिया