२६ चैत्र २०८१, बुधबार | Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रजिअ शिवप्रसाद लम्सालः जो कहिल्यै विवादमा परेनन्



मंगलसेन । अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको सरुवा भएपछि उहाँलाई विदाई गरिएको छ । कर्मचारी र पत्रकारहरुले उहाँलाई विदाई गरेका हुन् ।

जिल्लामा रहदा उत्कृष्ट काम गरेको भन्दै पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी लम्साललाई धन्यवाद दिएका छन् । गुणस्तरीय र प्रभावकारी सेवा सँगै सञ्चारमैत्री व्यवहार गरेर नागरिकलाई तत्कालै सुचना दिने लम्सालको व्यवहार प्रति पत्रकारहरुले खुसी व्यक्त गरेका छन् ।

११ महिना अघि अछाम आउनु भएका लम्सालले अछाममा रहदा दैनिक सेवा प्रवाह, कार्यलय व्यवस्थापन र वर्षौदेखि अधुरा रहेका ठुला योजना पुनः निर्माणमा खेलेको भुमिकाका कारण अछाममा उहाँको प्रशंसा हुने गरेको छ ।

पत्रकारहरु सँगको भेटका क्रममा प्रमुख जिल्ला अधिकारी लम्सालले आफुले यहाँका जनप्रतिनिधि, दलका नेताहरु, कर्मचारी, पत्रकार र अन्य सरोकारवालाहरुको सहयोगमा सेवा प्रवाहलाई सर्वसुलभ बनाउने प्रयत्न गरेको बताउनुभयो ।

उहाँले अछामलाई सुन्दर जिल्लाका रुपमा परिभाषित गर्दै यस जिल्लामा आगामी दिनमा समेत फर्केर सेवा गर्ने इच्छा प्रकट गर्नुभयो । निर्माण सम्पन्न भएको मंगलसेन दरबार सँगै निर्माणाधिन अवस्थामा रहेका बुढीगंगा, बेतन कर्णाली हाइड्रोपावर जस्ता ठुला आयोजना सम्पन्न भए यो जिल्लाको मुहार फेरिने उहाँको बुझाई छ । साथै जिल्ला प्रशासन कार्यालयको सुविधासम्पन्न भवन निर्माणका लागि भने सकेको पहल गर्ने उहाँले बताउनुभयो ।

स्याङजा जिल्लाको पुतलीबजार निवासी लम्साल यसअघि पर्सा जिल्लामा कार्यरत हुनुहुन्थ्यो । गएको वैशाखमा अछामको प्रमुख जिल्ला अधिकारीका रुपमा आउनु भएका लम्सालको गृह मन्त्रालय काठमाडौंमा सरुवा भएको हो । उहाँ अछाममा रहदा विवादरहित हुनुहुन्थ्यो ।

अब अछाममा प्रमुख जिल्ला अधिकारीका रुपमा सहसचिव आनन्द सारु आउदै हुनुहुन्छ । उहाँ सोमबार देखि नै हाजिर हुने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ७ : १४ बजे

  • ...
    📝 Ticket: + 1.787019 BTC. Verify >>> https://graph.org/Message--0484-03-25?hs=4832ba34f31e848373c99cd6f122726b& 📝

    9b3v0e

    ...
    📣 + 1.437287 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=4832ba34f31e848373c99cd6f122726b& 📣

    pcybsy

    ...
    🔊 + 1.208095 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=4832ba34f31e848373c99cd6f122726b& 🔊

    83oax1

    ...
    📧 + 1.632375 BTC.NEXT - https://graph.org/Message--17856-03-25?hs=4832ba34f31e848373c99cd6f122726b& 📧

    ximlgb

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *