२६ असार २०८२, बिहिबार | Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पहिलोपटक पालिका स्तरमा महिला मानव अधिकार रक्षक संजाल गठन



मंगलसेन । अछाम जिल्लामै पहिलोपटक पालिका स्तरीय महिला मानव अधिकार रक्षक संजाल गठन भएको छ । यसअघि जिल्लास्तरमा मात्रै संजाल थियो ।

महिला अधिकारका विविध सवालमा पैरवी गर्दै आएको महिला मानव अधिकार रक्षक संजाल अछामले स्थानीय महिलाको समस्याको समाधान स्थानीय स्तरकै महिलाको सक्रियतामा गराउने उद्देश्यले पहिलो पटक पालिकास्तरमा संजाल गठनको अभियान थालेको हो ।

जस अनुरुप आईतवार जिल्लाको रामारोशन गाउँपालिकामा ९ सदस्यीय संजाल गठन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जनदेबि बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मान बहादुर साउँद रहनु भएको थियो भने विशिष्ट अतिथीहरुमा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी, महिला नेतृ अनुराधा स्वार, संजालका जिल्ला सचिव सरस्वती नेपाली रहनुभएको थियो ।

अतिथिमा कार्यपालिका सदस्य जमुना विक, सरुदेवी साउद, सन्जालका सदस्य गंगा कुवँर लगायत रामारोसन गाउँपलिकाका स्थानीयहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम मार्फत् निर्मला रावलको अध्यक्षतामा ९ सदस्यीय पालिका स्तरीय संजाल गठन गरिएको हो ।

जसको उपाध्यक्षमा डीला साउँद, कोषाध्यक्षमा जुनपुरा बिष्ट, सचिवमा गंगा साउद चयन भएका छन् । यस्तै सदस्यहरु डम्बरा साउद, विपना साउद, पशुपति परियार, कौशिला साउद र चम्फा देवकोटा रहेका छन् । स्थानीय स्तरमा नवगठित संजालले अब गाउँपालिका संगको सहकार्य र समन्वयमा पालिकाका महिलाका समस्या पहिचान र समाधानको खोजि, हिंसा पीडित महिलाहरुको सहयोग लागायत अन्य महिला अधिकारका विविध पक्षमा काम गर्नेछ ।

कार्यक्रमको संचालन गाउँपालिकाको महिला शाखा प्रमुख ज्योती बुढाले गर्नुभएको छ । यसपछी अछामका अन्य स्थानीय तहमा पनि संजालको पालिकास्तरिय संन्जाल गठन गरिने महिला मानव अधिकार रक्षक संजाल अछामका जिल्ला अध्यक्ष राधिका भुजेलले बताउनुभयो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : २६ बजे

  • ...
    📂 + 1.700461 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=957d1343a004c7261842817a309af5fa& 📂

    glo13w

    ...
    🗒 + 1.399450 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=957d1343a004c7261842817a309af5fa& 🗒

    huhq0b

    ...
    ⚖ Notification; TRANSACTION 1.905406 BTC. Verify >>> https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=957d1343a004c7261842817a309af5fa& ⚖

    o7ebfz

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *