२२ चैत्र २०८१, शनिबार | Apr 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकमा शुक्रबार विपदबारे कृत्रिम घटना देखाइने, गोरख बक्स गणद्धारा प्रशिक्षण सम्पन्न



विनायक (अछाम) । गोरख बक्स गण मंगलसेनले अछामको विनायकमा विपद् जोखिम न्यूनीकरण बारे प्रशिक्षण सम्पन्न गरेको छ । शुक्रबार प्रदर्शन गरिने कृत्रिम घटना अभ्यास बारे जानकारी गराउन प्रशिक्षण गरिएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका कार्यवहाक नगर प्रमुख हर्कबहादुर रावलको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा गणका सेनानी अमृत खड्काले आगलागी, भुकम्प, हाइलाइन रेस्क्यु र प्राथमिक उपचार बारे सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण पश्चात बोल्दै कार्यवहाक नगर प्रमुख रावलले विपदको सामना गर्ने बारे चेतना विस्ताका लागी नेपाली सेनाले सुरु गरेको कृत्रिम घटना अभ्यासको प्रशंसा गर्नुभयो । यसले समुदायका सर्वसाधारणलाई विपदका बेला सुरक्षित रहन ठुलो मद्दत पुग्ने बताउनुभयो । साथै उहाँले शुक्रबार पञ्चदेवल क्याम्पसको प्राङ्गणमा हुने कृत्रिम घटना अभ्यास कार्यक्रममा सहभागि हुन सरोकारवाला र सर्वसाधारण सबैलाई आग्रह गर्नुभयो ।

यो अभ्यासले यस क्षेत्रका मानिसहरुलाई आगलागी, भुकम्प र भिरपहरा तथा खोलानालामा हुने घटनाबाट कसरी जोगिने भन्ने बारे ज्ञान प्राप्त हुने उहाँको विश्वास छ ।

गोरख बक्स गणका सेनानी खड्काको नेतृत्वमा भएको प्रशिक्षणमा जमदार सुवर्ण खड्का, अमल्दार प्रेम देवकोटा, सुरेन्द्र शाही र सिपाहीहरु विराज रोकामगर, सुर्यबहादुर जोगी लगायतको समुहले सहभागीहरुलाई अभ्यास गरेर देखाएको थियो ।

प्रशिक्षणमा पञ्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष दुर्गाप्रसाद तिमिल्सिना, वडा नम्बर २ का वडाध्यक्ष कृपाबहादुर धामी, वडा नम्बर ३ का वडाध्यक्ष बजिर शाही, वडा नम्बर ४ का वडाध्यक्ष हर्कबहादुर बडुवाल, वडा नम्बर ६ का वडाध्यक्ष कमल रावल र वडा नम्बर ७ का वडाध्यक्ष सुरतबहादुर रावल तथा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापा लगायत ४० जना बढीको सहभागिता रहेको थियो ।

पञ्चदेवल नगरपालिका र गोरख बक्स गणको संयुक्त आयोजनामा भइरहेको यो कार्यक्रमको समन्वय रेडियो सोसाइटी एफएमले गरिरहेको छ । शुक्रबार हुने कृत्रिम घटना अभ्यासका लागि नेपाली सेनाको ४० जना बढीको दक्ष समुहले नमुना बस्ति निर्माण तथा हाइलाइन रेस्क्युको तयारी गरिरहेको छ ।

पञ्चदेवल क्यापस अगाडीको मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने कृत्रिम घटना अभ्यास अन्तर्रगत सोही मैदानको छेउमा रहेको भिरमा डोरीको माध्यमबाट उद्दारको अभ्यास समेत गरिने छ ।

अवलोकनका लागि पञ्चदेवल बिनायक नगरपालिकाले सबैतिर समन्वय र सुचना गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनु भएको छ । बिहीबार सम्पन्न प्रशिक्षणको समन्वय पत्रकार ध्रुव बीसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ६ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *