२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री जनार्दन शर्मा विजयी



रुकुम (पश्चिम)। अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा रुकुम (पश्चिम)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका शर्माले नेकपा (एमाले)का नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कुल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : १५ बजे

  • ...
    indicac~ao da binance

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/register?ref=V2H9AFPY

    ...
    Sign Up

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/da-DK/register?ref=V2H9AFPY

    ...
    Anm"al dig f"or att fa 100 USDT

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *