अछाम । दशैँतिहार नजिकिदै गर्दा यात्रुको सुरक्षालाई ध्यानमा राखेर मंगलसेनमा यात्रु सहायता कक्ष स्थापना गरीएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित एमाले पार्टी कार्यालय अगाडी हाइवेमा सहायता कक्ष स्थापना गरिएको हो । जसको एक कार्यक्रमका बिच सोमबार उदघाटन गरिएको छ ।
यात्राका क्रममा आइपर्ने समस्या, गुनासो तथा असहज अवस्थाको तत्काल सुनुवाइ गरी आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था सहित सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । आकस्मिक अवस्थामा तत्काल प्रहरी सहायता उपलब्ध गराउने तथा सार्वजनिक स्थानमा हुनसक्ने चोरी, ठगी, झैझगडा र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि समेत सहायता कक्षबाट समन्वय र सहजीकरण गरिने छ ।
चाडपर्वका समयमा यात्रुको चापसँगै सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग चर्को भाडा असुल्ने तथा अन्य अनियमितता हुन नदिन प्रहरीले निगरानी बढाउने भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमूख प्रहरी नायव उपरीक्षक पबिन्द्र बहादुर बम्मको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष झंकरप्रसाद भाटसहित अन्य जनप्रनिधिहरु, यातायात व्यावसायी समिति, बजार व्यवस्थापन समिति लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया