१९ आश्विन २०८३, सोमबार | Oct 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऋतम्भराको तीज नृत्य प्रतियोगितामा शेर्लियन, जस्टिना र एन्जेल बने प्रथम



काठमाडौं । ऋतम्भरा पाठशालाले विद्यालय स्तरिय तीज भर्चुअल नृत्य प्रतियोगिता २०८३ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । प्रतियोगितामा छात्राहरु शेर्लियन लास्पाली, जस्टिना क्षेत्री र एन्जेल खत्री प्रथम भएका छन् ।

कक्षा २ की छात्रा लास्पाली नर्सरीदेखि कक्षा दुइसम्मको समूह तीज बड्स, कक्षा ४ की छात्रा क्षेत्री कक्षा तीनदेखि सातसम्मको समूह तीज तरङ्ग र कक्षा ८ की छात्रा खत्री आठदेखि १२ कक्षासम्मको समूह तीज झंकारमा प्रथम भएका हुन् । भक्तपुरको चाँगुनायारण नगरपालिका–२ दुवाकोटमा रहेको यो विद्यालयले चौथो सिजनका रुपमा २०८३ सालको तीज पर्वको अवसर पारी प्रतियोगिताको आयोजना गरेको थियो ।

जस अन्तरर्गत तीज बड्समा श्रुति थापा द्वितीय र एमी दंगाल तृतीय भएका छन् । तीज तरंगमा श्रेयना तामाङ द्वितीय र कृतिज्ञ भुजेल तृतीय तथा तीज झंकार अन्तर्गत आयुष्मा बराल द्वितीय र बिनुका तिमल्सिनाले तृतीय स्थान हासील गरेकी छन् ।

यो प्रतियोगिताका लागि विद्यालयले गत भदौ ३० गतेलाई अन्तिम मिति तोकेर छात्राहरुबाट नृत्यको भिडियो संकलन गरेर आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको थियो । प्रतियोगितामा जम्मा २८ छात्राहरुले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुकमा प्राप्त लाइक, सेयर र भ्युज संगै नृत्यको स्टेप तथा कोरियोग्राफी, अनुहारको हाउभाउ, भिडियोको समग्र प्रस्तुति र परम्परागत पहिरनको मुल्यांकन गरी प्रतिस्पर्धीहरु मध्येबाट उनीहरु बिजयी भएका हुन् ।

ऋतम्भरा पाठशालाले विगत चारवर्ष यता नृत्य, संस्कृति र खुसीका साथ तीज मनाउने उद्देश्यले यो प्रतियोगिता गर्दै आएको छ भने यसलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिइने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : ४९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *