काठमाडौं- सरकारले फेरि सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।
यातायात व्यवस्था विभागले (हिजो) असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।
यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशत, पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जनाएको छ ।
बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सन्चालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया