२२ बैशाख २०८१, शनिबार | May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैकाडाँडाका स्थनीयले भने–‘सांसदज्यू सडक त आयो, अब अरु विकास ल्याइदिनुस्’



अछाम । सांसद पुष्पबहादुर शाह यतिबेला अछाम जिल्लाका दुर्गम गाउँका स्थानीयसँगको भेटघाटमा व्यस्त छन् । जिल्लाकै बिकट गाँउ ढकारीको मैकाडाँडा पुग्दा उनलाई स्थानीयले विकास मागेका छन् ।

स्थानीय तहको केन्द्र छेउछाउ धेरै विकास भइसकेकाले अब दुर्गम गाँउका बारेमा सोच्नु पर्‍यो भन्ने माग जताततै पाएको शाहले बताए । ‘म जुन गाउँ पुग्छु त्यहाँका स्थानीयले भन्छन्, सांसदज्यू दुर्गममा विकास चाहियो,’ढकारी गाउँपालिकाको मैकाडाँडा सँगै बलाता, अइडिखर्क, भिमड, च्वइटेखाली, बाचकोट र घोडासैनको देवलका स्थानीयले संघीय सांसद शाहलाई खानेपानी, सडक, विद्युत्, स्वास्थ्य र गाँउमै रोजगारी दिनुपर्ने जस्ता दर्जनौ माग राखे । मैकाडाँडा सामुदायिक स्वास्थ्य चौकिको नवनिर्मित भवन उद्घाटनका लागि त्यहाँ पुगेका सांसद शाहलाई सभामा बोल्ने अधिकांस स्थानीयले मैकाडाँडाका मात्रै ५० बढी मागको चाङ लगाए ।

गाँउपालिकाले गाँउमै सडक पुर्‍याइदिए पछि विकाको ढोका खुलेको अनुभूति गरेका स्थानीयले खानेपानी, विद्युत् र स्वास्थ्य केन्द्रमा ल्याब स्थापना गरिदिन आग्रह गरेका छन् । ढकारी गाउँपालिका–५ का वडाध्यक्ष कर्णबहादुर साँउदले गाँउ पुगेका सांसद शाहलाई हामी नेताहरुले कयौं पटक गफ दिइसक्यौं, अब विकास दिनुपर्छ भन्दै ध्यानाकर्षण गराए । भोट माग्न सबै आएपनि चुनाव जितेपछि पहिलो पटक सांसदका रुपमा मैकाडाँडा पुगेको भन्दै वडाध्यक्ष साँउदले शाहलाई धन्यवाद दिए । तर दुर्गममा पुगेर मात्रै नहुँने भन्दै उनले यहाँको अभाव बारे पहल गरिदिनुपर्ने बताए ।

गाँउ गाँउमा स्थानीय सरकार आएको यतिकासम्म दुर्गमले अझै विकास पाएन, अब विकासका लागि जुटौ, उनले भने, विकट लाई भोट बैंकका रुपमा मात्रै हेरिनु हुँदैन । मैकाडाँडा पारी रहेको ज्ञानमन्दिर टोलका तिलक साँउदको पनि सांसद शाहलाई त्यहीँ सुझाब थियो, अब पनि दुर्गमको मुहार नफेरिए कहिले फेरिने ।

सांसद शाह सहित ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साँउद, राजनीतिक दलका नेता र पत्रकारहरुको टोली मैकाडाँडा पुगे लगतै स्थानीयले विद्यालय, विद्युत्, खानेपानी र स्वास्थ्य क्षेत्रका अभाव बारे जानकारी गराएका थिए । उनीहरुले प्रसस्त अन्न उत्पादन हुने भएपनि बदेल र बादर आतंकले आफुहरु समस्यामा रहेको भन्दै नियन्त्रणका उपाय बारे हपल गरिदिन पनि माग राखेका छन् ।

स्थानीय काशी साँउद र शेरबहादुर बुढाले राक्सेखान, ड्वाङड्ङ हुँदै सुर्खेत जोड्ने बाटो निर्माण गरेर यो क्षेत्रलाई सिधा तराई सँग जोड्ने छोटो मार्गका लागि पहल गरिदिन माग गरे । दुर्गमलाई सुगम सँग जोड्न बन्ने सडक, पुल र जलबिद्युतमा नेताहरुले राजनीतिक खिचातानी गर्दा विकासले गति लिन नसकेको गुनासो पनि उनीहरुसँग थियो । ढकारी गाँउपालिकाका पूर्व अध्यक्ष धनबहादुर बुढाले व्यवस्था परिवर्तन भएपनि दुर्गमको अवस्था परिवर्तन गर्न नसकिएको बताए ।

उहिले गाँउ विकास समिति हुँदा देखि नै दुर्गममा कनिका छरेझै बजेट पठाउने गरिएको भन्दै उनले केन्द्र सरकारले त्यो बिभेद अन्त्य नगरेसम्म दुर्गम सुगम बन्न नसक्ने बताए । बजेट अभावले दुर्गम गाँउको मुहार फेर्न मुस्किल भइरहेको प्रति जनप्रतिनिधिहरुको चिन्ता छ । ढकारी गाँउपालिकाका अध्यक्ष प्रकाश बहादुर साँउदले थोरै बजेटले पहाड फोडेर सडक पुर्‍याउन, कोषौ टाढाको पानी गाउँमा ल्याउन र बिद्युत् विस्तार गर्न समस्या भइरहेकाले केन्द्र सरकारले यसमा गम्भीर हुन जरुरी रहेको बताए ।

दुर्गमलाई जसले पनि हेलाको दृष्टिकोणले हेर्ने गरेको उनको आरोप छ । ‘यो क्षेत्रलाई माला (अतिदुर्गम) भनेर हेला गरिन्छ्,’अध्यक्ष साँउदले भने,‘यो माला होइन्, माल (उत्पादनले सम्पन्न) हो ।’ अन्न उत्पादन, मह, घ्यू, फलफूलले सम्पन्न रहेकाले यो ठाँउलाई माला भनेर हेला गर्न नहुने उनले बताए । यहाँको उत्पादनलाई बजारीकरण गर्न र आवागमनलाई सहज बनाउन रुज, मैकाडाँडा, बाँस्कोट, बिक्रमाखण्ड, चयनपुर, ज्ञानमन्दिर, बलाता हुँदै ढकारी जोड्ने रिङरोड निर्माण गरिने प्रतिवद्धता जनाए ।

यो सँगै सबै वडामा विद्युत् बिस्तार गर्ने लक्ष्य रहेको उनले बताए । तर स्थानीय तहका आवश्यकता बारे केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले गम्भीर हुनुपर्ने भन्दै उनले सांसद शाहको ध्यानाकर्षण गराए । स्थानीय जनप्रतिनिधि र गाउँलेका सामूही गुनासो सुनेपछि सांसद शाहले अब गफ लगाउएर नहुने भन्दै सबैले काममा लाग्नुपर्ने बताए । यी दुर्गम बस्ती उत्पादनले सम्पन्न छन्, उनले भने, भरपर्दो बाटो, पानी, शिक्षा र स्वास्थ्य सुविधा यहाँको मुख्य माग रहेछ ।

सबै माग एकै पटक पुरा गर्न त सकिदैन्,उनले भने, प्राथमिकताका आधारमा सबै माग पुरा गरिने छ । केही मागहरु केन्द्र र प्रदेशबाट सम्बोधन गराइने छ, सम्भव देखिने केही माग चाहीँ गाँउपालिकाबाटै पुरा गरिने उनले बताए । मैकाडाँडा सहितका सबै गाउँका स्थानीयले विकास पर्खेर बसेको पाए, उनले भने, उहाँहरुका माग बारे म गम्भिर भएर फर्किएको छु ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *