जुम्ला । चन्दननाथ नगरपालिका– २, खोलीकोटका ७७ वर्षीय किसान रामकृष्ण बुढ्थापाको स्याउखेती आम्दानीको प्रमुख स्रोत हो । बगैँचाबाटै उनले यो वर्ष ७० रुपैयाँ प्रतिकिलोका दरले तीन टन स्याउ बिक्री गरेको सुनाए । गत वर्ष भने प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री गरेका थिए । बर्सेनि बजार र भाउ बढ्दा उनी दङ्ग छन् । चन्दननाथ नगरपालिका– ९, उमगाडका रतनबहादुर रावतले पनि…