काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले सुकुम्वासी बस्ती हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रचण्डसँग बागमती करिडोरस्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन सहयोग मागेका हुन् । सुकुम्वासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।उनका…