काठमाडौँ । एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।
शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो ।
मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् । मन्त्रालयले बिहिबार सुचना जारी गर्दै प्रा.वि.तहको पाठ्यपुस्तक छाप्न निजी संस्थालाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया