गुलरिया। बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक वनमा मृत पाटेबाघ फेला परेको छ। जंगलभित्र मृत्यु भएकै अवस्थामा वयस्क पोथी पाटेबाघ भेटिएको हो। मधुवनस्थित सामुदायिक बन भित्र वयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजनल वन अधिकृत प्रविण विडारीले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) सहितको प्राविधिक टोली घटना…