७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन : प्रकृतिको अनमोल उपहार



अछाम । प्रमुख पर्यटकीय गन्तव्य रामारोशन तालै तालले भरिएको ठाउँ हो । यहाँ १२ वटा ताल र १८ वटा रमणीय मैदानहरु छन् । जसलाई ‘बाह्र वण्ड अठार खण्ड’ पनि भनिन्छ ।
अछाम जिल्लाको रामारोशन गाउँपालिकामा पर्ने यो ठाउँ बाजुरा र कालिकोट जिल्लाको सिमानासँग जोडिएको छ । जहाँ बाघ, कस्तुरी, मृग, भालु, चितुवा, चितल, घोरल, बदेल, थार, बादर, डाँफे, कालिच, मुनाल, ढुकुर, परेवा, हलेसो, फ्याउरोलगायतका जंगली पशुपंक्षी तथा दालचिनी, कटुकी, पदमचाल्नु, सेलपहाडी, सतुवाजस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले यो क्षेत्र सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा चिनिदै आएको छ ।

समुद्री सतहबाट दुई हजार मिटरदेखि तीन हजार सात सय ९३ मिटरको उचाइमा रहेको रामारोशनमा ताल, मैदान र छहराहरु मुख्य आकर्षकका रुपमा रहेका छन् । जुन ताल र मैदानलाई विभीन्न उपनामले चिन्ने गरिन्छ । त्यो बाहेक अग्लाअग्ला डाँडाहरु, पाटनभरी छरिएका थरीकरीका फूल र बाक्लो जंगलले यहाँ पुग्ने जोकोहीलाई फर्किएर आइरहनका लागि लोभ्याउछ ।

तर उचित संरक्षणको अभावमा यहाँका केही ताल र मैदानहरु भने नसिदै गएको गन्तब्य रामारोशनका अभियान्ता चन्द्र प्रसाद ढुंगानाले बताए । उनका अनुसार संरक्षण हुन नसक्दा ताल, मैदान र छहराहरु नासिदै गएका छन् भने जडीबुटी र बन्यजन्तु समेत घट्दै गएका छन् । अछामको साँफेबगर, जयगढ हुदै तिमिल्सैनबाट करिब ५१ मिलोमिटर पार गरेपछि रामारोशन पुग्न सकिन्छ ।

बाटोमा भेटिने स्थानीय बजारहरुमा मकै, कोदो, गहुँ, मास, गहत लगायत स्थानीय जातका खानेकुराले यहाँ पुग्ने कसैले पनि खानेकुराको अभाव झेल्नु पर्दैन् । अचेल रामारोशनक्षेत्रमा करीब आधा दर्जन होटल खुलेका छन् । जहाँ स्थानीय परिकारका खानेकुरा खान पाइन्छ । ‘अर्डर गरे लोकल खाने कुरा पनि पाइन्छ,’ रामारोशन स्थित बाह्रवण्ड गेष्ट हाउसका सञ्चालक उदयबहादुर रोकायले भने,‘यहाँको त स्वाद पनि बेग्दै हुन्छ ।

जति खाए पनि खाइरहन मन लाग्छ ।’ पर्यटकलाई खुवाउन अछाम, कालिकोट र बाजुरा जिल्लाका विभिन्न गाउँबाट स्थानीय उत्पादन माउने गरिएको उनले बताए । मुख्य ताल र पाटनहरु होटलभन्दा दुई घण्टाको दूरीमा रहेकाले अन्य आवश्यक खाने कुरा भने बोकेर लैजादा राम्रो हुन्छ । फागुन पहिलो सातादेखि जेठ मध्यतिरको समय यहाँ घुम्नका लागि उपयुक्त हुने भएपनि मंसिर मध्यदेखि माघ अन्त्यसम्म बाहेक अन्य सबै बेला यहाँ घुम्न जानेको घुइचो हुन्छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *