रुकुम (पश्चिम)। अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा रुकुम (पश्चिम)बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार रहेका शर्माले नेकपा (एमाले)का नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीका अनुसार शर्माले ३९ हजार पाँच सय ४९ मत र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार देवकोटाले १२ हजार नौ सय ६१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ रुकुम पश्चिममा कुल ५७ हजार दुई सय ९५ सदर मत खसेका थिए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपककुमार मल्लले सात सय ९६, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार हरिबहादुर पुनले दुई सय आठ र स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार पाँच सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रुकुम पश्चिममा प्रदेशसभा सदस्यतर्फ दुवै क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् ।











प्रतिक्रिया
indicac~ao da binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/register?ref=V2H9AFPY
Sign Up
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/da-DK/register?ref=V2H9AFPY
Anm"al dig f"or att fa 100 USDT
Your article helped me a lot, is there any more related content? Thanks!